Monday, September 27

यस बर्ष सिन्धु विकास बैंकका सेयरधनीको हात हुने भयो खाली, लाभांश नबाँढ्ने निर्णय

February 19, 2021 615

यस बर्ष सिन्धु विकास बैंक लिमिटेडका सेयरधनीको हात खाली भएको छ । बैंकले आर्थिक बर्ष ०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांस बितरण नगर्ने भएको छ।  बैंकको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्