Friday, June 25

१ बर्षभन्दा बढि समय पछि सार्बजनिक रुपमा देखिइन किम जङकी श्रीमती

February 19, 2021 383

उत्तर कोरियाका राष्ट्रपति तथा त्यहाँका सर्वोच्च नेता किम जङ उनकी पत्नी रि सोज जू एक बर्षभन्दा बढि समयपछि पहिलो पटक सार्बजनिक रुपमा देखा परेकी छिन्। उनि सार्बजनिक भएको कुरा उत्तर कोरियाको मिडियाले बुधबार जानकारी दिएको छ।

लामो समय उनि सार्बजनिक रुपमा नदेखिएपछि उनका बिषयमा अनेकौं अडकलबाजी भइरहेका थिए। धेरैले उनलाई कोरोना भाइरस संक्रमण भइ बिरामी भएको भनिरहेका थिए भने कतिले उनि गर्भवति भएको अड्कल काटेका थिए। ३० बर्षिया री सोल जू आफ्ना पति किम जङका मृत पिता तथा उत्तर कोरियाका पूर्व शासक किम जोङ इलको जयन्तिमा आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रममा सामेल भएकी हुन्।

परमाणु शक्ति सम्पन्न राष्ट्र उत्तर कोरियाको लिड गर्ने किम परिवारको दोश्रो सदस्य त्यहाँको गद्दीमा आरोहण गरेको उपलक्ष्यमा यो एनिभर्सरी मनाउने गरिन्छ। यस दिनलाई उत्तर कोरियामा डे अफ द शाइनिङ स्टार का रुपमा मनाउने गरिन्छ। यस दिन देशभरी सार्वजनिक बिदा दिने गरिन्छ। उत्तर कोरियाको सरकारी पत्रिका सिन्नममा किम जङ र उनकी पत्निको मुस्कुराएको ठूलो फोटो छापिएको थियो।

उत्तर कोरियाको आधिकारिक न्युज एजेन्सी KCNA का अनुसार जब जेनरल सेक्रेटरी किम र उनकी पत्नि री सोल जू सँगै थिएटरमा प्रवेश गरे त्यहाँ कार्यक्रममा भाग लिन आएका सबै मानिसहरुले ताली बजाएर स्वागत गरेका थिए। पत्रीकामा छापिएको फोटोमा कसैले पनि मास्क लगाएका देखिदैन थियो। यसअघि किम पत्नि री सोल जू सन २०२० को त्यहाँको नयाँ बर्षको कार्यक्रममा देखा परेकी थिइन्। त्यसपछि उनि लामो समय सार्वजनिक रुपमा देखा नपरेपछि उनको स्वास्थलाई लिएर धेरै किसिमका अनुमानहरु गरिएको थियो। कुनै रिपोर्टहरुमा उनलाई कोरोना भाइरस संक्रमण भएको वा उनि कोरोनाबाट बच्नका लागि सार्बजनिक रुपमा ननिस्केको भनिएको थियो। कुनै कुनै रिपोर्टहरुमा उनि गर्भवति भएको अड्कलबाजी गरिएको थियो। उनि र किमका अहिले २ बच्चाबच्चि रहेका छन्।

गत बर्ष जनवरीमा जब विश्वभर कोरोना भाइरस फैलियो किम जङ उनले उत्तर कोरियाका सबै नाका शिल गराएका थिए। उनले बेला बेला उत्तर कोरियामा कोहि पनि भाइरसबाट संक्रमित नभएको बताउँदै आइरहेका थिए। तर बाहिरी विश्वले उनको यो भनाइलाई विश्वास गरिरहेका थिएनन्।

दक्षिण कोरियाको राष्ट्रिय इन्टेलिजेन्स एजेन्सीले आफ्नो रिपोर्टमा भनेको छ कि किम जङ उन उनकी पत्नि र बच्चा सहित शकुसल रहेका छन्। उनिहरु कोरोना भाइरसबाट बच्नका लागि बाहिर ननिस्केका हुन्। यहि कुराहरु हुँदै गर्दा बुधवार उनिहरु सार्बजनिक रुपमा देखा परेका हुन्।

किम पत्नि री सोल जू उत्तर कोरियाको शक्तिशाली महिलाहरु मध्येकी एक हुन्। किम जोङ उनकी बहिनि किम यो जोङ् त्यहाँको सबैभन्दा शक्तिशाली महिलाका रुपमा रहेकी छिन्। उनि किम जङ उनको सल्लाहकार समेत हुन्।

प्रतिकृया दिनुहोस्