दक्षिण कोरियको ख्यङ्गीदो प्रदेश अन्तर्गत पर्ने खोयाङ्सी (고양시) क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण विदेशी कामदारहरुले अब अनिवार्य कोरोना भाइरस परिक्षण गर्नुपर्ने भएको छ। शुक्रबार त्यहाँको स्थानिय सरकारले एक सूचना जारी गर्दै भनेको छ यस क्षेत्रमा काम गरिरहेका सबै बिदेशीहरुले फेब्रुअरी २४ तारिखभित्र अनिवार्य रुपमा परिक्षण गरिसक्नुपर्नेछ।
त्यसैगरी खोयाङसीले त्यस क्षेत्रमा रहेका ५ वा सोभन्दा बढि कामदार रहेका कम्पनीहरु भिजिट गरी कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि अपनाउनुपर्ने सामाजिक दूरीका नियमहरु पालना भए नभएको जाँज गर्ने योजना बनाएको छ।
केहि दिन अघि कोरियामा त्यहाँको नयाँ बर्ष सलनालको बिदा थियो। बिदाको समयमा मानिसहरुको जमघट, भेटघाट तथा चहलपल बढेपछि यो शहरले कोरोना फैलेको हुन सक्ने आसङ्का गरेको छ। नाम याङ्जु क्षेत्रको एक प्लाष्टिक कम्पनीमा एकैै ठाउँमा सामूहिक संक्रमण पुष्टि भएपछि खोयाङसीले यस्तो कदम चालेको हो।
खोयाङसीले १० वा सोभन्दा बढि संख्यामा बिदेशी कामदार रहेका कम्पनीहरुलाई कोरोना भाइरसको सामूहिक संक्रमणको जोखिम हुन सक्ने भनेर उच्च निगरानीमा राखेको छ। ५ जनाभन्दा बढि कामदार रहेका कम्पनीहरुलाई हिजो नै पहिलो चरणमा टेलिफोन गरी सबै बिदेशी कामदारहरुको कोरोना परिक्षण गर्न भनिएको छ भने २४ तारिखसम्म कम्पनी निरिक्षण समेत गरिनेभएको छ।
यदि अटेर गरि परिक्षण गर्न नमान्दा पछि कोरोना पुष्टि भएको खण्डमा कोरियको सरुवा रोग नियन्त्रण तथा रोकथाम कानून बमोजिक कारबाहि गरी क्षतिपूर्तिसमेत तिराईने कुरा बताईएको छ। त्यसैगरी खोयाङ शहरले बिदेशी कामदारहरु काम गर्ने कम्पनीहरुमा मात्र नभई विदेशीहरु भेला हुन सक्ने सबै ठाउँहरुलाई उच्च निगरानी राख्ने बताएको छ।
खोयाङ शहरका एक उच्च अधिकारीले भनेका छन् ‘सबै विदेशी कामदारहरुले सित्तैमा कोरोना परिक्षण गर्न पाउदछन्। उनिहरुले विभिन्न ४ वटा हेल्थ सेन्टरहरुबाट यस्तो सेवा पाउछन त्यसैले कम्पनी मालिक तथा रोजगारदाताहरुले उनिहरुलाई सहयोग गरिदिनुस्।’
अहिले खोयाङसीमा ७७९ जना बिदेशी कामदारहरुले काम गरिरहेका छन्। ५ वा सो भन्दा बढि कामदार रहेका १०२ वटा कम्पनीहरुमा बिदेशी कामदार रहेका छन्।
प्रतिकृया दिनुहोस्