Tuesday, September 28

दक्षिण कोरियामा ४ दिनपछि दैनिक कोरोना संक्रमण ५०० भन्दा तल

February 20, 2021 514

दक्षिण कोरियाको दैनिक नयाँ कोरोना संक्रमितको संख्या फेरि ५०० भन्दा तल झरेको छ। शनिवार ४ दिनपछि यो संख्या ५०० भन्दा तल झरेको हो। यो हप्ताको सुरुवात देखि सरकारले सामाजिक दूरीका नियममा केहि खुकुलो पारेपछि फेरि पनि संक्रमण फैलिने हो कि भन्ने चिन्ता भने उत्तिकै रहेको छ।

शनिवार कोरियामा ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमध्ये ४ सय १४ जना स्थानिय संक्रमित हुन भने बाँकी अन्य देशबाट आएकामा भएको संक्रमण हो। यो सँगै कोरियमा अहिले सम्म कोरोना संक्रमण हुनेहरुको संख्या ८६ हजार ५ सय ७४ पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी केसिडिसीले जनाएको छ। हिजो अर्थात शुक्रबार यस्तो संख्या ५६१ रहेको थियो।

कोरियाको नयाँ बर्षको सलनालका दिनहरुमा दैनिक संक्रमितहरुको संख्या ३०० हाराहारीमा रहेको थियो। सार्वजनिक बिदा तथा पर्व परेकाले कम कोरोना जाँच भएका कारण संक्रमित संख्या पनि कम देखिएको बताइएको छ। तर बिदा सकिएलगत्तै बुधबार र बिहिवार संक्रमित संख्या ६०० हाराहारी पुगेको थियो। शुक्रबाट घटेर ५०० को नजिक आएको संख्या शनिवार ५०० भन्दा तल झरेको छ। गत सोमबार साना तथा मझौला ब्यपार ब्यवसायहरुलाई केहि खुकुलो गरि सन्चालन गर्न दिइएपछि कोरोना फैलने होकि भन्ने त्रा स बढेर गएको छ।

अहिले कोरियाको ५ करोड २० लाख जनसंख्याको आधाजसो बसोबास गर्ने राजधानी सउल क्षेत्रमा लेभल २ को सामाजिक दूरीको नियम लागु गरिएको छ। सामाजिक दूरीका ५ लेभलहरुमध्ये कठिनाइका हिसाबले लेभल २ दोश्रो कठिन लेभल हो। सउल बाहेकका अन्य क्षेत्रमा भने लेभल १.५ लागू छ।

केहि दिन अघिबाट लागु भएको खुकुलो नियमअनुसार कफि सप, जिम, नाइटक्लब तथा बारहरु सउल र त्यस वरपर रहेको ख्यङ्गी प्रदेशमा पहिलेभन्दा १ घण्टा बढि अर्थात रातको १० बजेसम्म सन्चालन हुन पाउदछन्। तर ५ वा सोभन्दा बढि मानिसको जमघटमा भने अहिले पनि प्रतिबन्ध लगाइएको छ।

केहि दिन अघि राजधानी सउलबाट २० किलोमिटर पूर्वमा रहेको नामयाङ्जु क्षेत्रमा एउटा प्लाष्टिक कम्पनीमा १२९ जनामा सामूहिक संक्रमण भेटिएको थियो। कोरिया अहिले कोरोना खोप अभियान सुरु गर्ने तयारीमा जुटिरहेको छ। फेब्रुअरी २६ तारिखबाट देशभर एकसाथ खोप लगाउन सुरु गरिने भएको छ।

प्रतिकृया दिनुहोस्