Tuesday, September 28

नेपाली बजारमा छिर्यो कोरियाली छ्याङ

February 20, 2021 820

फिल्म होस् या संगित, फेसन होस् वा रोजगारी, अहिले नेपाली युवापुस्तामा कोरिया छाएको छ। रोजगारको शिलसिलामा होस या उच्च शिक्षा हासिल गर्न होस् अहिले दक्षिण कोरियामा हजारौंको संख्यामा नेपालीहरु रहेका छन्। नेपाली युवापुस्तामा बोलवाला रहेको कोरियाको अर्को एक चिज नेपाल छिरेको छ त्यो हो – छ्याङ।

एसियन स्वान कम्पनीले नेपाल भित्र्याएको यो मदिराको क्यानमा ‘छ्याङ इन क्यान’ प्रिन्ट गरिएको छ। झट्ट सुन्दा नेपाली लोकल जाँड जस्तो लाग्ने यो जिनिस नेपालमा कोरियाबाट आयात गरिएको हो। दक्षिण कोरियाको वालमाइ र उरीसुल कम्पनीले उत्पादन गरेका मदिरा नेपाली स्वादसँग मिल्ने आयातकर्ताको दाबी रहेको छ।

पहिलेदेखि नै कोरियाली मदिरा सोजु बेच्दै आइरहेको कम्पनीले नै अहिले त्यहाँबाट यो छ्याङ आयात गर्न लागेको हो। कोरियन भाषामा जाँडलाई माकल्ली भन्दछन्। यो माकल्लीलाई नेपाल चीन तथा कोरियामा अत्याधिक मन पराइने गरेको पाइन्छ। नेपाली समाजमा लोकप्रिय छ्याङलाई प्याकेजिङ गरि व्यवस्थित गरि बेच्न कानूनी रुपमा कठिनाइ हुने भएकाले आयात गरि बिदेशी छ्याङ बेच्न बाध्य भएको आयातकर्ताको भनाइ रहेको छ।

कोरियाली उत्पादकले नेपाल सुहाँउदो छुट्टै स्वादमा यो मदिरा उत्पादन गरि नेपाल पठाउने गरेको छ। यहि स्वादको छ्याङ कोरियामा समेत नपाइने आयात गर्ने कम्पनीले बताएको छ। नेपाली नाम र स्वाद सुहाउदो ब्राण्डिङ गरिएको कम्पनीको दाबी रहेको छ।

उच्च मध्यम बर्गियलाई लक्षित गरी आयात गरिएको यो कोरियाली छ्याङको ७ सय ५० मिलिलिटरको बोतललाई ३ सय ५० रुपैयाँ र ३ सय ५० मिलिलिटर क्यानको २ सय २० रुपैयाँ पर्ने कम्पनीले बताएको छ। अहिले यो छ्याङ काठमाण्डौ उपत्यकासहित पोखरा, चितवन, धरान लगाएतका शहरी क्षेत्रहरुमा उपलब्ध छन्।

प्रतिकृया दिनुहोस्