उत्तर कोरियाका महिलाहरुले अब बच्चाको जन्महुनु अघि र पछि गरी जम्मा २४० दिन सुत्केरी बिदा पाउने भएका छन्। उत्तर कोरिया प्रोपोगाण्डा आउटलेट टोङ्गील भोइसका अनुसार उत्तर कोरियामा अहिले जन्मदर घट्दै गएकाले मानिसहरुलाई बच्चा जन्माउन उत्प्रेरित गर्नका लागि यस्तो बिदा दिन लागिएको हो।
अहिले उत्तरकोरियाको जन्मदर औषतमा २ भन्दा कम छ। औषतमा अहिले उत्तर कोरियामा २ भन्दा कम बच्चा जन्माउने गरेका छन्। यो दर घट्दो छ। जन्मदर बढाउनका लागि उत्तर कोरियाले नयाँ पोलिसी ल्याएको हो।
महिलाहरुले बच्चा जन्मनुअघि ६० दिन र बच्चा जन्मेपछी १८० दिन बिदा पाउनेछन्। काम गर्ने महिलाहरुले बच्चाको जन्म अघि र पछि गरेर बिभिन्न छुटहरु पाउनेछन्। महिला कामदारले आफूले काम गरेको अवधिका आधारमा १०० प्रतिशत सम्म बोनस पाउनेछन्।
दक्षिण कोरियामा गर्भवति महिलाले बच्चा जन्मनुअघि ९० दिन पेड र बच्चा जन्मेपछी अरु ९० दिनको पेड बिदा पाउनेछन्। यो अबधिमा महिलाहरुले पाउने बिदामा तलब पाउनेछन्। ९० दिनपछि भने उनिहरुले आवश्यकता अनुसार विदा लिन सक्नेछन्। अरु १ बर्षसम्म केहि सहुलियतमा विदा दिन सक्नेछन्।
उत्तर कोरियाली मिडियाका अनुसार त्यहाँ काम गर्ने महिलाहरुले बच्चा जन्मिसकेपछि पहिले काम गरिरहेको ठाउँमा काम गर्न पाउनुपर्दछ भन्ने किसिमको नियम त्यहाँ छ। त्यहाँ दुइ वा सोभन्दा बढि एकैपटक बच्चा जन्माउनेहरुलाई राज्यले छुट्टै बिशिष्ठ किसिमको हेरचाहको ब्यवस्था गर्ने पनि बताइएको छ।
दुइ वा सोभन्दा बढि एकैपटक बच्चा जन्माउने महिलाहरुलाई उत्तर कोरियाको सरकारले छुट्टै बिशिष्ट किसिमको हेरचाह प्रदान गर्दछ। यदि ३ जना वा सोभन्दा बढि एकैपटक बच्चा जन्माउनेहरुलाई लुगाकपडा, ब्लाङकेट तथा दूध निशुल्क दिने गरिन्छ। बच्चा बिध्यालय जाने उमेरसम्म आमा बच्चा दुबैलाई स्वास्थ तथा हेरचाह सरकारले नै निशुल्क प्रदान गर्नेछ। त्यसैगरि ३ वा सोभन्दा बढि बच्चा एकैपटक जन्माउने महिलाले उसको बच्चाहरु १३ बर्ष नपुगन्जेल ति महिलाले दिनको ६ घण्टामात्र काम गरे पुग्दछ। दैनिक ८ घण्टा काम गर्नुपर्नेमा २ घण्टा छुट हुनेछ।
१ बर्षभन्दा बढि समय पछि सार्बजनिक रुपमा देखिइन किम जङकी श्रीमती
प्रतिकृया दिनुहोस्