महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर अर्थात् आइपिओ शुक्रबाससम्म बाँडफाँड हुने भएको छ। शुक्रबार बाँडफाँडको तयारी गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ।
यस कम्पनीको आइपिओमा करिब माग भन्दा ६५ प्रतिशत बढि आवेदन परेको छ। आइपिओमा १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन गरेका हुन्। महिला लघुवित्तले ३ लाख ७५ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्काशन गरेकाले गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाको हात खालि हुनेछ।
आइपिओ खोलिएको ४ लाख कित्तामध्ये त्यसको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता यसै कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि छुट्याइएको थियो। त्यसैगरी ४ लाख कित्तामा ५ प्रतिशतले हुन आउने सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो। म्युचुअल फण्डहरु र कम्पनीका कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहने ३ लाख ७५ हजार कित्ताभने सर्वसाधारणका लागि बाँडिने छ। महिला लघुवित्तको आइपिओ निष्काशनकर्ताका रुपमा एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
महिला लघुवित्तको आइपिओलाई रेटिङ गर्ने संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ जसले बित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
प्रतिकृया दिनुहोस्