केहि समय अघि आरम्भ र चौतारी लघुवित्त मर्ज भइ बनेको आरम्भ चौतारी लघुवित्तले लाभांश घोषणा गरेको छ। आरम्भ चौतारी कम्पनीले पहिलो पटक बोनस दिन लागेको हो। कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
फागुन १२ गते बसेको कम्पनीको ९९ औं बैठकको निर्णयबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १ सय ४८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनी मर्जरमा गएको र बोनसमा कर नलाग्ने भएकोले कम्पनीले नगद लाभांश प्रस्ताव गरेको छैन।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रहेको छ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड, सिवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त विच एकआपसमा मर्ज हुने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपनि केहि समयपछी आपसि मतभेद भइ सम्झौता भाँडिएको थियो। यस लघुवित्तको नेप्सेमा कारोबार गत असोज ११ गतेबाट बन्द रहेको थियो। तर मर्जर सम्झौता भाँडिएपछि कारोबार खुल्ला गरिएको हो।
अहिले आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ। बिपिडब्लु लघुवित्त बागमति प्रदेशभरी कार्यक्षेत्र भएको लघुवित्त हो भने देउराली लघुवित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेशमा हो।
प्रतिकृया दिनुहोस्