Tuesday, September 28

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रवासी नेपाली मन्चले कोरियाको कार्यक्रममा सहभागी हुनेलाई दियो भन्यवाद

February 24, 2021 513

प्रधानमन्त्री केपि शर्मा ओलीले गत पुष ५ गते गर्नुभएको प्रतिनिधि सभा वि’ घटनलाई हिजो सर्बोच्च अदालतले ब दर गरेपछि दक्षिण कोरियाको प्रवासी नेपाली एकता मन्चले स्वागत गरेको छ। सर्वोच्च अदातलको यक्त कदमको स्वागत गर्दै मन्चले कोरियामा संघ र्षको कार्यक्रममा सहभागी भएका सबै नेपालीहरुलाई धन्यवाद दिएको छ।

प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाका अध्यक्ष दिलीप धितात र सचिब शुभराज भोम्जनबाट हस्ताक्षरित प्रेश बि ज्ञप्तीमा अदा तलको फैसलाले तमाम न्यायप्रेमी लोकतान्त्रबादी जनताको जित भएको भनिएको छ। साथै प्रधानमन्त्रीको गैर संबैधानिक कदमका विरु ध्धमा भएका कार्यक्रमहरुमा साथ दिने सबै न्यायप्रेमी जनताहरुलाई धन्यवाद दिइएको प्रेश विज्ञप्तिमा भनिएको छ।

प्रति गमनको बिरोध गर्दै कोरियामा बृहत र्याली

दक्षिण कोरियाको दोश्रो ठूलो शहर बुसानमा प्रचण्ड माधब नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी सम्बध्द ‘प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया’ ले फागुन १ गते बृहत र्याली निकालेको छ। बुसानमा एकता मञ्चले फागुन १ गते जनयुध्द दिवशका अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना समेत गरेको थियो।

संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जिवन अर्पण गर्ने सम्पूर्ण वीर शहिदहरुको सम्झना गर्दै कार्यक्रमको सुरुवात भएको थियो। कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले जनयुध्दको जगमा नै बर्तमान राजनैतिक उपलब्धि हासिल भएको र यि राजनैतिक उपलब्धिहरुलाई जुनसुकै हालतमा बचाइ राख्नुपर्ने धारणा राखेका थिए। अहिले गणतन्त्र धरापमा परेको र विभिन्न समूहबाट यसमाथि प्रहार भइरहेकाले सम्पूर्ण युवाहरु गणतन्त्रको रक्षाको लागि लाग्नुपर्ने कुरा बक्ताहरुले राखेका थिए।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका केन्द्रिय सदस्यहरु तथा विभिन्न विभागका इन्चार्ज लगायत क्षेत्रिय कमिटीमा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो। औपचारिक कार्यक्रम सकिएपछि के पि ओली सरकारले गरेको असंबैधानिक कदमको बिरोधमा ब्यानरसहित बिरोध र्याली निकालिएको थियो।

नेकपा बिबाद कोरियामा, माधव-प्रचण्डले गर्यो ‍ओली समूहलाई का’रबाही

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले गत पौष ५ गते संसद विघटन गरेसँगै देखिएको नेकपाको विवाद ७ समुन्द्रपारी कोरियामा समेत देखिएको छ। नेकपा समर्थित प्रवासी नेपाली एकता मञ्च अहिले २ खेमामा बाँडिएका छन्। गत जनवरी १० तारिख प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको प्रमुख आथित्यमा भर्चुअल रुपमा बसेको बैठकले सृजना नेपालीलाई अध्यक्ष सहित नयाँ कमिटि गठन गरेपछि प्रचण्ड माधव नेपाल समूहले अनुसासनको  कारबाहि स्वरुप पार्टिबाट निकालेको हो।

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष दिलीप धितालबाट हस्ताक्षरित बिज्ञप्तीमा मन्चका केन्द्रिय सदस्यहरु सृजना नेपाली, अन्जन राई, विनोद खनाल, माधव अर्याल लगाएतलाई साधारण सदस्यसमेत नरहने गरि संगठनबाट निकालिएको भनिएको छ।

प्रवासी नेपाली एकता मञ्चले प्रधानमन्त्रीको संसद वि’घटनको  कदमलाई  आफ्नो निहित स्वार्थ सिध्दको संज्ञा दिँदै जनमतको अ’पमान भएकाले उक्त कदमको घोर भ’र्त्सनासमेत गरेको छ।

प्रतिकृया दिनुहोस्