Friday, June 25

कोरियामा बूढाबुढीहरु कार्टुन टिप्दै हिँडेका देखिन्छन, आखिर किन?

February 25, 2021 1293

मध्य फेब्रुअरीको महिनातिर बाहिरको तापक्रम ७ डिग्री माइनस झरिसकेको थियो, ७४ बर्षिया लि दोक जा सकि नसकी हातेगाडा तान्दै थिइन। राजधानी सउलबाट पश्चिमतिर रहेको दोङछोन दोङ क्षेत्रमा कार्टुन तथा कागजका टुक्राले भरिएको हातेगाडा तानिरहेकी ति बृध्दालाई बाहिरको माइनस डिग्री तापक्रमको कुनै परवाह छैन।

दिउँसोको साँढे बाह्र जति बजेको हुँदो हो उनको हातेगाडा खाली देखिन्थ्यो। त्यतिखेर उनलाई सोध्दा उनले ३ पटक कागज तथा कार्टुन कवाडीमा लगेर बेचिसकेकी रहिछन्। खाली हुँदा करिब करिब ४० किलोग्रामको उनको हातेगाडा उनि कहिल्यै भरि पार्दैन थिइन। भरी पार्दा तान्न नसकिने हुँदा उनि बरु थोरै थोरै जम्मा पार्दै कवाडीमा लगेर बेच्दै फेरी कागज संकलन गर्न निस्कने गर्छिन्।

जव उनि एक पटक गाडामा कार्टुन लिएर कवाडी पुर्याउछिन उनले कहिले १ हजार वन त कहिले २ वा ३ हजार वन सम्म पाउँछिन। यसरी उनले पटक पटक गरी दिनमा करिब १ मान वन देखि १० हजार ५०० वन सम्म कमाउने गर्छिन्। कोरियाको अहिलेको न्युनतम प्रतिघण्टा तलब ८ हजार ७ सय २० वन रहेको छ।

उनि विहान ५ बजेदेखि नै आफ्नो काममा निस्कने गर्छिन्। दिनभरी काम गर्दै साँझ ६ बजेमात्र घर फर्कन्छिन्। लि दोक सा र उनका पति करिब २५ बर्ष अघि चाउचाउ बनाउने कारखाना चलाउदथे। उनिहरुको ब्यापार चौपट भयो र धेरै घाटा भयो। उनिहरु ऋणमा डुबे। उनका पति १० बर्षअघि नै बिते। अहिले उनि एक्लै जीवन काटिरहेकी छिन्।

“मेरा ४ जना छोराछरीहरु छन्। तर मलाई उनिहरु एक पैसा पनि दिँदैनन्। म आफ्ना सन्तानका लागि बोझ बन्न चाहान्न। म यहि काम गर्नेछु जब सम्म मेरो शरिर चल्दछ।” उनले मन्द मुस्कानका साथ भनिन।

कागज तथा कार्टुन टिप्ने काम अफिसियन नभएकाले गर्दा अहिले कोरियामा यस्तो काम गर्ने बृध्दबृध्धाहरु के कति छन भन्ने कुनै तथ्याङ्क छैन। करिब ६० जनाभन्दा बढि यस्तै काम गर्ने बृध्दाहरुको इन्टरभ्युमा आधारित पुस्तक ‘पाथ अफ पुअर’ का लेखक सो जुन छोलका अनुसार यस्तो काम गर्नेहरुको कुनै पनि तथ्याङ्क छैन।

लि जस्तै धेरै बृध्दाहरु जो अहिले कार्टुन संकलन गर्ने काम गरिरहेका छन उनिहरु १९९० को एशियाली आर्थिक मन्दीको समय आफ्नो ब्यवसाय डुबेर ऋणमा फसेकाहरु धेरै छन्। यस्तो काममा आएका बृध्दबृध्दाहरुको कारण छुट्टा छुट्टै भएपनि सरकारी पेन्सनले आफ्नो दैनिक जिविका धान्न नसकेपछी उनिहरु यस्तो काम गर्न बाध्य भएका हुन्।

कोरियाले आफ्ना जेष्ठ नागरिक जो ६५ बर्षभन्दा माथि उमेरका छन् उनिहरु कम आय हुने ७० प्रतिशतभित्र पर्दछन्। उनिहरुलाई सरकारले मासिक २ लाखदेखि ३ लाखवन सम्म पेनसन दिने गरेको छ। यि बृध्दबृध्दाहरुले कार्टुन मात्र हैन पुनर्प्रयोग हुने तथा कवाडीमा बिक्ने प्लाष्टिक, पत्रिका, किताब, इलेक्ट्रिक सामानहरु तथा काठमा सामान पनि संकलन गर्ने गर्दछन्।
दिनैपिछ्छे कागज तथा कार्टुनजन्य कवाडीको मूल्य फरक हुने भएतापनि कोरियामा रद्दी कागज प्रतिकेजी ४० वन पर्दछ। हातेगाडामा पुरा एक भरिदा करिब २०० किलो कागज हुन आउँदछ। यो बेच्दा करिब ८ हजार वन उनिहरुले पाउँदछन्। दक्षिण कोरिया विश्वकै दशौ ठूलो अर्थतन्त्र भएको मुलुक हो। तर अन्य देशका तुलनामा यहाँको गरिबीको दर उच्च रहेको छ। सन् २०१८ मा  बृध्दबृध्दामा गरिबीको दर करिब ४४ प्रतिशत थियो। यहाँको करिब ८२ लाख जनसंख्या ६५ बर्षभन्दा माथिको छ। यो संख्या कुल जनसंख्याको करिब १६ प्रतिशत हुन आउँदछ।

प्रतिकृया दिनुहोस्