Monday, September 26

कोरियाले लागु गरिरहेको सामाजिक दूरीको नियम अरु २ हप्ता थप्यो

February 26, 2021 787

दक्षिण कोरियाले देशभर अहिले लागु भइरहेका सामाजिक दूरीका नियमहरु अरु २ हप्ताका लागि थप गरेको छ। त्यहाँका प्रधानमन्त्रीले शुक्रबार भनेका छन् देशभर सामुहिक संक्र,मण देखिन नछाडेकाले गर्दा यी नियमहरु अरु २ हप्ताका लागि थप्नुपरेको हो।

को,भिड १९ रेस्पोन्स मिटिङमा प्रधानमन्त्री छुङ से क्योनले सरकारले थप २ हप्ताका लागि यि नियम लागु गर्ने निर्णय गरेको बताएका छन्। कोरियाको ५ करोड २० लाख जनसंख्याको करिब आधाजसो बसोबास गर्ने सउल क्षेत्रमा लेभल २ को नियम लागु हुनेछ भने अन्य क्षेत्रमा लेभल १.५ लागु हुनेछ। सानातिना ब्यवसायहरु जस्तै रेष्टुरेन्ट, होटल, क्याफे, जिम आदिमा ५ वा सोभन्दा बढि मानिस भेला हुन रोक लगाइएको छ।

दक्षिण कोरियामा केहि दिन देखि दैनिक कोरो’ना सं’क्रमितको संख्या ४ सयको हाराहरीमा देखिइरहेको छ। कोरियाले आजबाट देशभर खोप अभियान सुरु गर्दैछ। “अहिले सामुहिक संक्रम,णका घट नाहरु देखिइरहेका छन्।” प्रधानमन्त्री छुङले भनेका छन्। कोरियाले अर्को हप्ताबाट विध्यालयहरु खुलाउने तयारी गरिरहेको छ। यसबाट पनि जोखि,म बढ्न सक्ने आँकलन गरिएको छ।

प्रधानमन्त्री छुङले सरकारले लागु गरेको सामाजिक दूरीका नियमहरु अनिवार्य पालना गर्न आग्रह गरेका छन्। को,रोना भाइ’रस फेरि फै लेमा मेडिकलजन्य सामानको अभाव हुने उनले बताए। भविष्यमा अवस्था हेरी सामाजिक दूरीका नियमहरु खुकुलो पार्दै लैजानेतर्फ उनले संकेत गरेका छन्। खोप अभियान संचालन भएपछि मानिसको दैनिक जिवन सामान्य बन्दै जाने तथा सरकारले सबै जनताहरुको जिवन रक्षाका लागि भरपुर सहयोग गर्ने प्रधानमन्त्रीले बाचा गरेका छन्।

प्रतिकृया दिनुहोस्