Saturday, September 25

एप्पलका ग्राहकलाई खुशीको खबर, एप्पलले खोल्यो कोरियामा दोश्रो स्टोर

February 26, 2021 869

आइफोन निर्माता अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले दक्षिण कोरियामा आफ्नो दोश्रो स्टोर खोलेको छ। कोरियामा आफ्नो मुख्य प्रतिष्पर्धी घरेलु कम्पनी सामसङलाई टक्कर दिन एप्पलले शुक्रबार कोरियाको एविदो (여의도) मा स्टोर खोलेको हो।

पश्चिमी सउलको एविदोको आइएफसी मलको L1 फ्लोरमा एप्पलले आफ्नो दोश्रो आधिकारीक एप्पल स्टोर खोलेको हो। यो ठाउँ कोरियाको आर्थिक, राजनैतिक तथा मिडियाका लागि प्रख्यात छ। एप्पलको पहिलो स्टोर दक्षिणी सउलको 가로수길 भन्ने ठाउँमा रहेको छ। यो स्टोर एप्पलले सन २०१८ मा खोलेको थियो।

दोश्रो एप्पल स्टोरका लागि आधिकारीक लोगो स्थानिय डिजाइनर योनी सुकले बनाएका हुन। यो लोगो स्थानिय प्रख्यात भवनबाट प्रभावित भएको छ। आफ्ना ग्राहकलाई सेवा दिनका लागि यो स्टोरमा ११७ जना कर्मचारी एप्पलले भर्ना गरेको छ। “एप्पलका उत्पादनहरु प्रति कोरियन नागरिकहरुको रुचि र लगाव उच्च भएकाले आफूहरु उत्साहित भएका छौं।” एप्पल कम्पनीका रिटेलतर्फका भाइस प्रेसिडेन्ट डेरड्री ओवराएनले बताए। उनले भने “पहिलो स्टोर सन्चालनमा आए यता हाम्रो टिम दोब्बर भएको छ। दोश्रो स्टोर सन्चालन गर्न पाउँदा एकदमै खुशी र उत्साहित छौं। कोरियाली ग्राहकहरुलाई हाम्रा स्टोरहरुमा स्वागत गर्न हामी आतुर छौ।”

गत बर्ष आइफोन १२ लन्च गर्ने समयमा नै एप्पलले आफ्नो दोश्रो स्टोर कोरियामा खोल्ने कुराको संकेत गरिसकेको थियो। कमर्सियल रुपमा ५ जि नेटवर्क सन्चालन गर्ने दक्षिण कोरिया विश्वकै पहिलो देश भएकाले एप्पलले आगामी दिनमा आउने आफ्ना ५ जि फोनहरु बेच्न कोरियालाई विशेष महत्व दिइरहेको बुझ्न सकिन्छ।

गार्टनरले दिएको डाटाअनुसार ५ जि आइफोन १२ सिरिजको बलमा एप्पल कम्पनीले आफ्नो स्मार्टफोनको ब्यापार १५ प्रतिशतले बृध्दि गर्दै करिब ८०० मिलियन वटा फोन गत बर्ष बेचेको थियो। सामसङको बिक्रीलाई गत बर्षको चौथो त्रैमासमै एप्पले जितेको हो।

प्रतिकृया दिनुहोस्