Monday, September 27

कोरियामा बा’लब’च्चा हुर्काउन बिदा लिने पुरु‍षहरुको संख्या बढ्दो

February 27, 2021 698

दक्षिण कोरियामा आफ्ना स साना ब’च्चाहरुको हेरचाहका लागि महिलाको सट्टा पुरुषहरुले आफूले काम गरिरहेको कम्पनीबाट ब’च्चा हेरचाह विदा लिने दर बढ्दै गइरहेको छ। छोइ साङ मिन जो ख्याङ्जु शहरबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको एक कम्पनीमा काम गर्दछन्। उनि ९ महिने ब’च्चाका बाबु पनि हुन। उनले काम गरिरहेको कम्पनीका बोसले बा’लबच्चा हेरचाहका लागि भन्दै जागिरबाट बिदा लिएको देखेपछि उनि अचम्मित भए।

“यस्तो मैले सोचेकै थिइन। केहि समय अगाडी एक पुरुष साथीले ब,च्चा हेरचाहका लागि विदा पाउ भनि निवेदन गर्दा उसलाई बोसकहाँ लगि सोधपुछ गरिएको थियो।” ३७ बर्षिया छोइ साङ मिनले बताए। “तर अहिले अवस्था फेरिएछ। पुरुषले पनि ब’च्चाको हेरचाहका लागि विदा लिने काम सामान्यजस्तो भइसकेछ।” उनले सुनाए।

सउलका योन ह्वो सुकको पनि ब्यथा उस्तै छ। २ ब’च्चाका बाबु उनले जब आफूले काम गरिरहेको कम्पनीबाट सन २०१९ मा १ बर्षका लागि ब’च्चा हुर्काउन भन्दै बिदा लिने निर्णय गरे कम्पनीका अन्य सहकर्मीहरु अचम्मित भएका थिए। उनले आफ्नो श्रीमतिको सट्टा आफू बा’ल ब’च्चा हुर्काउन तम्सिएका थिए। उनका ५ बर्षिय र २ बर्षिय ब’च्चा थिए। “त्यतिबेला मेरा सहकर्मी साथिहरु मैले ब’च्चा हेरचाहका लागि बिदा दिन खोज्दा अचम्मित भएका थिए। तर कोहि पनि यस बिषयमा मेरो अगाडी कुरा काट्न सकेनन्।” योनले भने। “मजस्तै धेरै पुरुषहरु छन् जो आफ्ना स साना ब’च्चाहरु हुर्काउने बिदा लिन्छन् र अर्को बर्ष फेरी काममा फर्कन्छन्।” उनले थपे।

पुरुषहरुले आफ्ना स साना बा’लब’च्चा हुर्काउन कामबाट लामो बिदा लिने चलनलाई अहिले कोरियामा अचम्मका रुपमा हेरिदैन। पुरुषहरुको यस्तो निर्णयलाई काम गर्ने कम्पनीहरु तथा समाजमा सामान्य रुपमा लिन थालिएको छ। यसो हुनुमा बा’ल ब’च्चाको हुर्काइमा लाग्ने बाबुहरुलाई समाजले हेर्ने दृष्टिकोण पोजिटिभ हुनु तथा त्यस्ता बाबुहरुलाई सरकारले गर्ने सहयोग तथ छुट पनि हो। कोरियाको रोजगार मन्त्रालयले दिएको तथ्याङ्कअनुसार सरकारी सेवा र शिक्षा क्षेत्रमा काम गर्ने बाहेकै २७ हजार ४२३ जना पुरुषले सन २०२० मा ब’च्चा हुर्काउनका लागि लामो बिदा लिएका छन्। यो संख्या गत बर्षभन्दा करिब २३ प्रतिशतले बढेको हो।

सन् २०२० मा बा’लब’च्चाका बुबाहरुको कुल संख्याको करिब २४.५ प्रतिशतले ब’च्चा हुर्काउने बिदा लिएका थिए। यो संख्या सन २०१७ भन्दा करिब १३.४ प्रतिशतले बढेको हो। गत बर्षबाट फैलि’एको महा मारी का कारण ब’च्चाको रेखदेख गर्नका लागि पनि यो संख्या बढेको हुन सक्दछ।

“अहिलेको नयाँ पुष्ताका पुरुषहरुले आफ्ना बा,लब,च्चा हर्काउनु आफ्नो श्रीमतीलाई सहयोग गरेको नसम्झि यस्तो कामलाई बा.बु आमा दुबैको समान कर्तब्य तथा दायित्व सम्झने गरेका छन्।” कोरिया बा,ल हेरचाह तथा शिक्षा संयन्त्रका रिसर्चर कोन मे क्योङले बताए। कोरियाको बा,ल हेरचाह तथा शिक्षा संयन्त्रले गरेको एक अध्यनअनुसार बिबाहित १ हजार जोडिमा १८.६ प्रतिशत जसको एक वा सोभन्दा बढि ब,च्चा छन्, उनिहरुका पुरुष अर्थात बुबा कि त ब,च्चा हेरचाह बिदामा छन या त्यस्तो बिदा लिने सोचमा छन्। यस्तो संख्या २० देखि ३० बर्षबिचमा ३०.४ प्रतिशत, ३० देखि ४० बर्ष उमेर समुहमा २३.६ प्रतिशत तथा ४० देखि ५० बर्षबिचमा १४.२ प्रतिशत रहेको देखिन्छ।

दक्षिण कोरियाले सन १९८७ बाट बा,लब’च्चा हेरचाह बिदा दिन सुरु गरेको हो। यो बिदा महि,लालाई मात्र जसको बच्चा १ बर्षभन्दा कमको छ उनिहरुले मात्र पाउने गर्दथे। तर सन १९९५ पछी भने पुरुषलाई पनि यस्तो बिदा दिन सुरु गरियो। तर भत्ता दिने चलनको सुरुवात भने सन २००० बाट भएको देखिन्छ। बा,ल ब,च्चा हेरचाहमा बाबुआमाको सहभागिता बढाउन कोरिया सरकारले सन २०१४ बाट बोनस दिने सिस्टम ल्याएको थियो। जब बाबुआमामध्ये कुनै एकले लिएको बिदा सकिएपछि अर्को पटक बाबु या आमाले लिने बिदामा उनिहरुले महिनाको २५ लाख वन भत्ता पाउदछन्। यस्तो भत्ता पहिलो ३ महिनासम्म पाउदछन्। तर पहिलो पटक लिइने बिदामा भने प्रतिमहिना १५ लाख वन भत्ता दिइन्छ।

प्रतिकृया दिनुहोस्