Thursday, June 24

कोरियाले आविष्कार गर्यो विशेष सुई जसले सामान्यभन्दा धेरैलाई खो’प लगाउन पुग्ने

February 28, 2021 491

दक्षिण कोरियाले को,रोना बिरुध्दको खो’प लगाउने नयाँ सुइको विकास गरेको छ जुन सुइ अन्य साधारण सुइहरुभन्दा विशेष रहेको छ। यस्तो सुइ जसबाट खो’प लगाउँदा औषधि एकदमै कम खेर जान्छ जसले गर्दा पहिला जतिजनालाई पुग्ने खो’प थियो यो सुइको प्रयोगले अझ धेरै जनालाई त्यहि खो’पले पुग्दछ।

कोरियाका स्वास्थ अधिकारीहरुले देशभरका खो’पकेन्द्रहरुलाई नयाँ सुइको प्रयोग गरी सोचिएभन्दा बढि मानिसलाई खो’प लगाउन निर्देशन दिइसकेका छन्। शुक्रबारबाट खो’प कार्यक्रम सुरु गरेको कोरियाले आफैंले आविष्कार गरेको विशेष किसिमको सुइको प्रयोग गरि प्रति बोतल २ जनासम्म बढि मानिसलाई खो’प लगाउन सफल भइरहेको छ।

कोरियाले विकास गरेको नयाँ विशेष सुइलाई लो डेड स्पेस (LDS) सुइ भनिएको छ जसले भ्याक्सि’न कम भन्दा कम खेर जान दिइ बढि भन्दा बढि मानिसलाई खो’प लगाउन सघाउ पुर्याउँदछ। यस सुइमा निडल  र ठेल्ने प्लङगर बिचको दूरी छोट्याइएको छ जसले औ’षधि कम भन्दा कम खेर जान दिन्छ।

अन्य सामान्य सइ प्रयोग गरि एष्ट्राजेनेका कम्पनीको एक बोतल खो’पले १० जना तथा फाइजर कम्पनीको खो’प ६ जनालाई लगाउन सकिन्छ भने कोरियाले विकास गरेको विशेष सुइ प्रयोग गर्दा प्रतिवोतल एष्ट्राजेनेका कम्पनीको खो’प १२ जनालाई तथा फाइजर कम्पनीको ७ जनासम्मलाई लगाउन सकिन्छ।

“पहिले साधारण सुइको प्रयोगका आधारमा प्रतिबोतल कतिजनालाई खो’प लगाउन सकिन्छ भनेर अनुमान गरिएको थियो। तर अहिले यो विशेष सुइको प्रयोगले प्रतिबोतल खो’प लगाउन सकिनेको संख्या बढेको छ।” कोरिया रो’ग रोक’थाम तथा नि’यन्त्रण एजेनसिको मुख्यालयले भनेको छ। यसका साथै खो’प लगाइदिने स्वास्थ्यकर्मीको क्षमता र कलाले पनि थप कति जनालाई खो’प लागउन सकिन्छ भन्ने कुराको निर्धारण हुन्छ।

दक्षिण कोरियाले  ७ करोड ७९ लाख मानिसलाई पुग्नेगरी खो’पको प्रबन्ध गरिसकेको छ। यो संख्या आफ्नो देशको जनसंख्या ५ करोड २० लाखभन्दा धेरै हो। अहिले कोरियामा एष्ट्राजेनेका कम्पनीले उत्पादन गरेको १ करोड डोज र फाइजर कम्पनीले उत्पादन गरेको १ करोड ३० लाख डोज खो’प उपलब्ध हुँदै छ। कोरियाले आउँदो नोभेम्बरसम्मा सबैलाई खो’प लगाइसक्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।

प्रतिकृया दिनुहोस्