Monday, September 27

तीन अर्बको आइपिओ सहित काठमाण्डौ रि इन्सोरेन्स खोल्ने तयारी

March 1, 2021 582

इन्स्योरेन्स कम्पनीहरूको जोखि’मलाई अर्को कम्पनीमा हस्तान्तरण गर्ने प्रक्रिया नै पुनर्बिमा अथवा रि-इन्स्योरेन्स हो। इन्स्योरेन्स कम्पनीले आफूले लिएको जो’खिम सबै आफैँले बहन गर्न सक्दैन वा आफैले बहन गर्दा धरै जो’खिम हुने हुदा इन्स्योरेन्स कम्पनीहरू आफ्नो जोखि’मलाई कम गर्न अर्को कम्पनीमा जो’खिम हस्तान्तरण गर्ने गर्दछन्।

तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ। बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी भएको हो।

नयाँ खोलिने यस कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ हुनेछ भने जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ। यस कम्पनीको तत्कालका लागि चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ। सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याइने छ। कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ जसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ। यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गरिनेछ।

बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टकाे पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ।

कम्पनीको सञ्चालक समितिमा २ जना संस्थागत,दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्य रहने जनाएको छ । यसैगरी अन्नपुर्ण रि इन्स्योरेन्स र प्रुडेन्सियल रि इन्स्योरेन्स पनि सञ्चालनको तयारीमा रहेका छन्।

प्रतिकृया दिनुहोस्