Tuesday, September 28

दक्षिण कोरिया बन्यो विश्वकै सातौं ठूलो निर्यातकर्ता देश

February 28, 2021 805

जापान लगाएतका देशहरुसँग केहि समय यताको व्यापारीक तिक्तता तथा जारी को’रोना महा’मारीका वावजुत दक्षिण कोरिया विश्वकै सातौं ठूलो निर्यातकर्ता देश रहन सफल भएको छ। विश्व व्यापार संगठनले आइतवार जारी गरेको आँकडाअनुसार सन् २०२० मा कोरियाले यो स्थान कायम राख्न सफल भएको हो। अघिल्लो बर्षपनि कोरिया यसै स्थानमा रहेको थियो।

विश्व व्यापार संगठनले निकालेको विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुको रिपो,र्टमा सन् २०२० मा कोरिया सातौं स्थानमा रहन सफल भएको हो, गत बर्ष पनि कोरिया यहि स्थानमा रहेको थियो। कोरिया एशिया महादेशकै चौथो ठूलो अर्थतन्त्र भएको देश हो जसले विश्वको बार्षिक निर्यातको ३.१ प्रतिशत हिस्सा ओगट्दछ। पहिलो स्थानमा चीन जसले १५.८ प्रतिशत, अमेरिका जसले ८.८ प्रतिशत, जर्मनी जसले ८.४ प्रतिशत, नेदरल्याण्ड जसले ४.१ प्रतिशत, जापान जसले ३.९ प्रतिशत तथा हङकङ जसले ३.४ प्रतिशत हिस्सा ओगट्दछन्।

व्यापारको हिस्साका आधारमा भने दक्षिण कोरिया विश्वको कुल व्यापारको ३ प्रतिशत हिस्सा सहित नवौं स्थानमा रहेको छ। अघिल्लो बर्ष अर्थात सन २०१९ मा पनि कोरिया यसै स्थानमा रहेको थियो। कोरियाको व्यापार, उध्योग तथा इनर्जी मन्त्रालयका अनुसार सन् २०२० मा कोरियाको कुल ५१२.८ विलियन अमेरिकन डलर बराबरको निर्यात रहेको थियो भने ४६७.२ विलियन डलर बराबरको आयात रहेको थियो। गत १२ बर्षको अवधिमा कोरियाको कुल ब्यापार नाफा ४५.६ बिलियन अमेरिकन डलर रहेको छ।

कोरियाको ब्यापार नाफामा सेमिकण्डक्टर, कम्प्युटर, बायोफार्मासिटिकल सामानहरु तथा ब्याट्रीहरुको निर्यातको मुख्य योगदान गरहेको छ। इलेक्ट्रिक सामानहरुमा प्रयोग हुने चिपको निर्यात ५.६ प्रतिशतले बृध्दि भएर ९९.१ बिलियन डलर पुगेको छ। सन् २०१८ पछि यसको निर्यात दोश्रो स्थानमा रहेको छ। त्यसैगरी कम्प्युटरको निर्यात पनि सन् १९९९ पछिकै सबैभन्दा धेरै ५७.२ प्रतिशतले बढेको छ।

विश्व ब्यापार संगठनको रिपो,र्टमा विश्वका प्रमुख १० अर्थतन्त्र भएका मुलुकहरु सबैको गत बर्षको निर्यात घटेको छ। कोरो’ना महा’मारीका कारण यी देशको ब्यापार ब्यवसायमा नका,रात्मक असर परेपछी निर्यात घटेको हो। बार्षिक ५०० विलियन डलरभन्दा बढि निर्यात भएका मुलुक सन २०१९ मा ९ वटा थिए भने गत बर्ष यो संख्या घटेर ७ मा झरेको छ। तर ५०० बिलियन क्लवमा दक्षिण कोरिया रहन सफल भएको छ। तर कुल ब्यापारमा १ ट्रिलियन डलर क्लवमा कोरिया गत बर्ष रहन अस’फल भयो।

बार्षिक ब्यापर बृध्दिका हिसाबमा चीन गत बर्ष ३.७ प्रतिशतका साथ सबैभन्दा अग्र स्थानमा रहन सफर रह्यो भने हङकङ २.६ प्रतिशत सहित दोश्रो स्थानमा रह्यो। कोरियाको निर्यात गत बर्ष ५.५ प्रतिशतले घट्यो। तर अन्य देशका तुलनामा यसलाई सन्तोषजनकै मान्नुपर्दछ। गत बर्ष जर्मनीको निर्यात ७.३ प्रतिशत, जापानको निर्यात ९.१ प्रतिशत तथा अमेरिकाको निर्यात १२.९ प्रतिशतले घटेको थियो।

प्रतिकृया दिनुहोस्