Friday, June 25

कोरियाले आफ्नै देशमा फा’इटर जेट बनाउँदै

March 3, 2021 682

दक्षिण कोरियाले आफ्नै देशमा फाइ’टर जेट बिमान बनाइरहेको छ। यहि अप्रिलमा यस्तो जेटको नमूना प्रद’र्शन गर्ने तयारी भइरहेको छ। कोरियाको र’क्षा मन्त्रालय अन्तर्गतको केएफ एक्स प्रोग्रामका प्रमुख जुङ ख्वाङ सुनले यो योजना देशकै हवाइ उध्योगको लागि महत्वपूर्ण उपलब्धि हुने बताएका छन्।

केएफ एक्स प्रोग्राम अन्तर्गत अहिले फा’इटर जेटको खाका तयार भइसकेको छ। यहि खाकाअनुसार अब जेट बन्नेछ। कोरियाको दक्षिणि क्षेत्रमा रहेको साछन शहरमा यो जेट बनिरहेको छ। दक्षिण कोरियाले सन् २०१५ देखि नै नयाँ पुष्ताको फाइ’टर जेट निर्माणका लागि जुटिरहेको छ। नयाँ जेट निर्माण गरि अहिले कोरियाले प्रयोग गरिरहेको कोरियन एअर फो’र्सको एफ-४ र एफ-५ मोडललाई विस्थापन गर्ने योजना रहेको छ।

यो जेटले अधिकतम ७ हजार ७०० किलोसम्मको लोड बोक्न सक्नेछ भने आकाशमै मि’साइल हान्न सक्ने गरि यो जेटको डिजाइन गरिएको छ। यो जहाज प्रतिघण्टा २ हजार २०० किलोमिटर उड्न सक्छ भने अधिकतम २ हजार ९०० किलोमिटरको उचाइमा उड्न सक्दछ। कोरिया एरोस्पेस इन्डष्ट्री कोरियाको एरोस्पेश क्षेत्रमा अनुसन्धान गर्ने एकमात्र संस्था हो। कुल ८ बिलियन अमेरिकन डलर सहित अहिले यसले फा’ईटर जेट निर्माण गरिरहेको छ। साछन सहरमा रहेको यसको प्लान्टमा अहिले इन्जिनियरहरु काममा ब्यस्त छन्।

यो कम्पनीले यो बर्षको अन्त्यसम्ममा ३ वटा जेटको नमूना बनाइसक्ने तथा अरु ३ वटा अर्को बर्षको मध्यसम्मा बनाइसक्ने लक्ष राखेको छ। यो जहाजको पहिलो परीक्षण उडान सन २०२२ मा गरिने योजना बनाइएको छ भने जेटको पूर्ण रुपमा सन २०२६ सम्ममा बनाइसकिने लक्ष्य रहेको छ। जेटको निर्माण सम्पन्न भएपछि कोरियन एअर फोर्सलाई सन २०२८ सम्ममा ४० वटा जेट दिइनेछ भने सन २०३२ सम्ममा अरु ८० वटा दिइनेछ।

प्रतिकृया दिनुहोस्