Tuesday, June 22

आइपि’ओमा १० कित्ताको नि’यमलाई परिवर्तन गरी ५० कित्ता बनाउने तयारी

March 1, 2021 563

बिभिन्न कम्पनीहरुको प्राथमिक निष्काशनमा न्युनतम १० कित्ताका दरले भर्न पाउने तथा बाँडफाड गर्ने नियमलाई परिवर्तन गर्ने सोचमा धितोपत्र बोर्ड पुगेको छ। १० कित्ते नियममा धेरै भन्दा धेरै लगानीकर्ताको सहभागित भएपनि यसले थप बि’कृती बढाएकोले गर्दा यसलाई परिमार्जन गरि अन्य बिकल्पहरुमा छलफल हुन थालेको छ।

सबैलाई १० कित्ता बाढ्ने नियम प्रभावकारी भएतापनि यसलाई अन्य बिकल्पबाट हटाउने तयारी भइरहेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएको श्रोतको दाबी छ। उनले यो निती हटाउने बेला आएको महशुस भएकाले बिभिन्न बिकल्पहरुमा छलफल भइरहेको बताए। आइपिओमा आवेदन गर्ने सबै लगानीकर्ताले शेयर नपाउने अवस्था आउन थालेकाले अब यो १० कित्ते नितीको कुनै अर्थ नरहेको बताए।

१० कित्ते नितीका कारण टाठाबाठाले धेरै ब्यक्तिको नाममा खाता खोली आइपिओ भर्ने गरेको पाइएकाले यसको बिकल्प खोजिन थालिएको हो। १० कित्ता बाँढ्ने नियमले धेरै भन्दा धेरै लगानीकर्ताको हातमा शेयर पुगेपनि बेच्नका लागि स’मस्या हुने गरको पाइएको छ। लामो प्रक्रिया पुरा गरि शेयरमा आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा शेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने, परेको शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, र वि’कृति देखिएको लगायतका कारणले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ।

अझै केहि कम्पनीले निष्काशन गर्ने आइपिओको बिक्री र बाँडफाँडलाइ हेरी अध्यन गरी निर्णय लिइने धितोपत्र बोर्डले बताएको छ। बोर्डले अहिलेको १० कित्ते नितीलाई ५० कित्तामा पुर्याउन सक्ने अनुमान गरिएको छ। अब केहि समयपछी पहिलो पटक बुक बिल्डीङ बिधीबाट आइपिओ निष्काशन गर्न लागिरहेको छ। यसको आइपिओमा न्युनतम ५० कित्ता आवेदन दिन पर्ने व्यवस्था छ। यस कम्पनीको आइपिओ पछि बोर्डले कस्तो निती लिने भन्ने बारे निर्क्योल गर्न सक्छ। त्यसैगरी ठूलो कित्ता आइपिओ निष्काशन गर्दा सबैलाई १० कित्ता पुग्ने अवस्थामा १० कित्ते नियम तथा सानो आकारको सबैलाई १० कित्ता नपुग्ने गरी आउने आइपिओमा ५० कित्ते नियम पनि लागु हुन सक्ने बताइएको छ।

हाल धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम शेयर बाँडफाड हुदै आएको छ। निर्देशिकाको दफा ३० मा  धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ। सबैलाई न्युनतम १० कित्ता  बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ। त्यसपछि पनि शेयर बाँकि रहेमा  सोही प्रक्रिया अपनाई बाँकि शेयर बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ।

प्रतिकृया दिनुहोस्