Thursday, June 24

सउलको जनसंख्या घट्यो, ३२ बर्षपछि १ करोडभन्दा तल

March 3, 2021 673

दक्षिण कोरियाको राजधानी सउलको जनसंख्या घटेको छ। ३२ बर्षपछि पहिलोपटक यहाँको जनसंख्या १ करोडबाट तल झरेको हो। कोरोना भाइरस महा’मारीका कारण यो क्षेत्रमा विदेशी नागरिकहरुको संख्या उल्लेख्य घटेपछि यो अवस्था आएको हो।

सउलको स्थानिय सरकारले बुधबार भनेको छ कि गत बर्षको अन्त्यसम्ममा यहाँको जनसंख्या ९९ लाख १० हजारमा झरेको छ। यो संख्या अघिल्लो बर्षको तुलनामा ९९ हजार ८९५ ले कम हो। ३२ बर्षपछि राजधानीको जनसंख्या १ करोडभन्दा तल झरेको हो। यसअघि सन १९८८ मा सउलको जनसंख्या १ करोड २ लाख ९ हजार रहेको थियो।

सन् २०२० को अन्त्यसम्ममा राजधानी सउलमा ९६ लाख ७० हजार कोरियन नागरिक तथा २ लाख ४२ हजार ६२३ विदेशी नागरिक बसोबास गरिरकेका छन्। त्यसैगरी यो क्षेत्रमा परिवारको संख्या भने २ प्रतिशतले बढेर ४४ लाख २० हजार पुगेको छ। औषतमा एक परिवारमा २.१९ जना सदश्य रहेको पाइएको छ। यो अनुपात सन २०१९ को भन्दा ०.०६ ले घटेको हो।

यो जनसंख्या सउल क्षेत्रमा दर्ता भइ बसोबास गरिरहेका सबै कोरियन नागरिक त्यसैगरी बिध्यार्थी तथा कामदार भिजामा रहेका विदेशी नागरिक जो ३ महिनाभन्दा बढि समयदेखि यहाँ बसिरहेका छन् उनिहरु यसमा समावेश छन्। सन १९९२ मा १ करोड ९ लाख ७० हजार जनसंख्या पुगेपछि राजधानी सउलमा सधै १ करोडभन्दा बढि मानिसहरु बसोबास गरिरहेका थिए। तर त्यसयता जन्मदरमा कमि हुनुका साथै बूढापाकाको संख्या बढ्दै गएपछि यहाँको जनसंख्या विस्तारै घट्न थाल्यो। सन २०१६ मा आइपुग्दा सउलमा कोरियन नागरिकहरुको मात्रै जनसंख्या १ करोडबाट ओरालो लागेको थियो।

सउल महानगर सरकारको भनाइअनुसार अहिले यहाँको जनसंख्या घट्नुको मुख्य कारण को’रोना म’हामारीका कारण धेरै जसो बिदेशीहरु आफ्नो देश फर्कनु हो। यो क्षेत्रमा अध्यन तथा कामका लागि आउने विदेशीहरुको संख्या अहिले ह्वात्तै घटेको छ। खासगरी को’रोनाका कारण कोरियाले आगमनमा क’डाइ गरेपछि यो संख्या ह्वात्तै घटेको हो। त्यसैगरी अघिल्लो बर्षको तुलनामा कोरियन नागरिकको संख्या ०.६२ प्रतिशतले घटेको छ। विदेशीको हकमा यो संख्या १३.९३ प्रतिशतले घटेको हो। विदेशीमा पनि चिनियाँ हरुको संख्या उल्लेख्य घटेको हो। यो एक बर्षमा करिब ३२ हजार चिनियाले सउल छाडेका छन।

नयाँ जनसंख्या प्रतिवेदनमा पनि सउलको जनसंख्यामा बुढ्यौलीपन बढ्दै गइरहेको पाइएको छ। यहाँ ६५ बर्षभन्दा माथि उमेर भएकाहरुको जनसंख्या १५.८ प्रतिशत छ जुन सन २०१८ मा १४.१ तथा सन २०१० मा ९.५ प्रतिशतमात्र थियो। संयुक्त राष्ट्र संघका अनुसार कुनै पनि ठाउँको जनसंख्याको १४ प्रतिशतभन्दा बढि मानिस ६५ बर्षभन्दा बढि उमेरका छन भने त्यस्तो समाजलाई बुढ्यौली समाज भनिन्छ। यदि यो प्रतिशत २० भएमा त्यसलाई अति बुढ्यौली श्रेणीमा राखिन्छ।

प्रतिकृया दिनुहोस्