सउल, दक्षिण कोरिया। कोरियाको जनसंख्याको बनावट सन्तुलन २०१९ देखि नै बिग्रदै गइरहेको छ जसको मुख्य कारण पुरुषहरुको संख्या घट्दै जानु हो। महिलाहरुको संख्या भने थोरै भएपनि बढिरहेको छ तर पुरुषहरुको संख्या निरन्तर घटेपनि सन्तुलन बिग्रिएको हो।
यो अवस्थाले गर्दा कोरियाको महिला पुरुष अनुपात अहिले सम्मकै सबैभन्दा कम हुन पुगेको छ। अहिले प्रति १०० महिलाको अनुपातमा पुरुषको संख्या ९९.४१ रहेको छ। फेब्रुअरीसम्म कुल पुरुषहरुको संख्या २ करोड ५८ लाख ३६ हजार रहेको छ जुन अघिल्लो महिनाभन्दा १ हजार ९ सय ५१ ले कम हो। यो संख्या गत ४ बर्षकै सबैभन्दा कम हो। सन २०१७ अप्रिलमा कोरियामा कुल २ करोड ५८ लाख ३६ हजार पुरुषहरु थिए।
सन २०१९ मा यो संख्या २ करोड ५८ लाख ६८ हजार पुगेको थियो तर त्यसपछि लगातार १९ महिना यो संख्या घट्न पुग्यो। गत महिना राजधानी सउलमा पुरुषको संख्या सबैभन्दा धेरै घट्यो। सउलमा गत महिना पुरुषहरुको संख्या ५ हजार ७ सय १७ ले घटेर ४० लाख ६९ हजारमा झर्यो। १ बर्षभन्दा बढि समयदेखि राजधानी सउलको जनसंख्या घटिरहेको छ।
त्यसैगरी गत महिना सउलपछी थेकुमा पुरुषको संख्या धेरै घटेको छ। यहाँ १ हजार ४ सउ १२ जना घटेको हो भने तेश्रो स्थानमा उल्सान रहेको छ। उल्सानमा गत महिना १ हजार २ सय १२ जना पुरुषको संख्या घटेको हो। ख्यङसाङ नाम्दोमा १ हजार ८८ जना, बुसानमा ९ सय ८७ जना, थेजनमा ७ सय ३३ जना छल्लाबुक्दोमा ६ सउ ३० जना तथा ख्वाङ्जुमा ५९८ जना पुरुषको संख्या घटेको हो।
तर कोरियामा महिलाहरुको संख्या भने बढेको देखिन्छ। गत महिना १ सय ६१ जना महिलाको संख्या बढेको हो। यो सँगै कोरियामा कुल महिलाहरुको संख्या २ करोड ५९ लाख ८७ हजार पुगेको छ। तर संख्या गत सेप्टेम्बरमा सबैभन्दा धेरै २ करोड ५९ लाख ९० हजार रहेको थियो।
कोरियामा सन २०१५ बाट पुरुषको संख्याभन्दा महिलाहरुको संख्या बढि हुन थालेको हो। २०१५ मा कोरियामा २ करोड ५७ लाख १५ हजार ७ सय पुरुषहरु थिए भने २ करोड ५७ लाख १५ हजार ३ सय महिलाहरु थिए। गत महिनासम्म कोरियामा पुरुषहरुभन्दा महिलाहरु १ लाख ५१ हजार २० जनाले बढि छ। यहाँको लिङ्ग अनुपात ९९.४१ रहेको छ।
यो आँकडाहरुका अनुसार कोरियामा पुरुषभन्दा महिलाहरु बढि निरोगी भएका जसले गर्दा उनिहरु पुरुषहरुको तुलनामा बढि बाँच्ने गरेको पाइन्छ। यसले महिलाहरुको औषत आयु कोरियामा बढि रहेको बुझ्न सकिन्छ।
प्रतिकृया दिनुहोस्