Wednesday, June 23

भ्याक्सिन सुरु भएपछि कोरियामा सामाजिक दूरीको नि’यम खुकुलो पारिदै

March 6, 2021 503

गत हप्तादेखि देशभर कोरो’ना बिरु’ध्दको खोप अभियान सुरु गरेपछि दक्षिण कोरियाले अहिले लागू गरिरहेको सामाजिक दूरीको निय’महरु परिमार्जन गर्ने भएको छ। कडा सामाजिक दूरीका निय’मले साना तथा मझौला व्यवसायहरुलाई नराम्रो अस’र पारेपछि अब यस्ता व्यवसायलाई केहि राहत पुग्ने गरी लचिलो निय’म ल्याइन लागिएको हो।

कोरियाको स्वास्थ मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अब कोरिया अहिले भन्दा अझ धेरै को’रोना बिरामी थेग्न सक्ने क्षमतामा भएकाले निय’महरु खुकुलो पार्दै लैजान लागिएको हो। गत नोभेम्बरमा अत्याधिक वि’रामीका कारण थप को’रोना बिरामीहरुको उपचा’र गर्न असह’ज स्थिती थियो तर अहिले खोप अभियान पनि सुरु भइसकेको र दैनिक नयाँ बि’रामीको संख्या पनि कम भएकाले यहाँका अस्पतालहरु अरु धेरै बि’रामी थेग्न सक्ने स्थितीमा पुगेका छन्।

तर नयाँ निय’महरु कहिलेबाट लागू गरिने भनेर समय भने तोकिएको छैन। “अहिले कोरियामा ५ लेभलमा बाँडेर सामाजिक दूरीका निय’महरु बनाइएको छ। यस्तो नि’यम गत नोभेम्बरबाट लागु गरिएको थियो। यो निय’म धेरै क’डा भएकाले पहिलेको तुलनामा अहिले कन्ट्राक्ट ट्रेसिङ र अस्पतालहरुको क्षमता बृध्दि भइसकेकाले अब पहिलेकै क’डा नि’यम लागू गर्न उचित नहुने भएका नयाँ निय’म ल्याउन लागिएको हो।” स्वास्थ मन्त्रालयले बताएको छ।

अब आउने नयाँ सामाजिक दूरीका निय’मले ब्यापार व्यवसायलाई थप राहत हुनेछ। यसले देशकै अर्थतन्त्रमा सकारात्मक अ’सर पर्न सक्ने आँकलन गरिएको छ। “सामाजिक दूरीका नि’यम पालना गर्ने, स्वास्थ्य मापद’ण्ड अपनाउने जस्ता कुराहरु अब जबर्ज’स्ति लागू गर्नुको सट्टा आम सर्वसाधारण र ब्यवसायलाई नै छाडिदिनु उचित हुनेछ।” मन्त्रालयले भनेको छ।

नयाँ निय’मअनुसार रा’त्रीक्लब तथा बा’रहरु केहि समयका लागि मात्र बन्द हुनेछन्। फुड आउटलेट तथा क्याफे रेष्टुरेन्टहरु खाना डेलीभरी तथा टेकआउट सेवा राति ९ बजेपछि दनि सक्नेछन्। सतर्क’ता अपनाएर अन्य सबै ब्यापार ब्यवसाय सामान्य रुपमा चल्न पाउनेछन्। यस्ता ब्यवसायहरु सन्चालन गर्दा फेस मास्क लगाउने, आउने ग्राहकहरुको नाम तथा कन्ट्याक नम्बर लिनुपर्ने बताइएको छ।

यदि ७ दिनको औषत दैनिक सं’क्रमितको संख्या ३६० आसपास भएमा ८ वा सोभन्दा बढि मानिसहरुको जमघटमा रोक लगाइनेछ। लामो दूरीको यात्रा, जमघट भएर गरिने खानपिन तथा भेटघाटलाई रोक लगाइनेछ। तर यदि ७ दिनको दैनिक औषत सं’क्रमितको संख्या ७८० को हाराहरी भएमा ५ वा सोभन्दा बढि मानिसको जमघटमा रोक लगाइनेछ। त्यसैगरी राति ९ बजेपछि अत्यावश्यक बाहेक घरबाहिर निस्कन दिइने छैन। यदि ७ दिनको औषत दैनिक सं’क्रमितको संख्या १ हजार ५ सय ५० भन्दा बढि भएमा साँझ ६ बजेपछी २ वा सोभन्दा बढि मानिस भेटघाट गर्न नपाइने भएको छ।

उदाहरणका लागि यदि सउलमा ७ दिनको औषत दैनिक सं’क्रमितको संख्या १८१ भएमा यस क्षेत्रमा ८ वा सोभन्दा बढि मानिसको भेटघाटमा रोक लगाइनेछ। यदि यस्तो संख्या ३८९ भएमा ४ वा सोभन्दा बढि मानिसको भेटघाट गर्न पाइने छैन। कोरियाको स्वास्थ मन्त्रालयले केहि दिनमा यस्तो नयाँ नि’यमको घोषणा गर्नेछ।

प्रतिकृया दिनुहोस्