Tuesday, June 22

कोरियाली गायक साइको ‘खाङनाम स्टाइल’ले राख्यो रेकर्ड, ४ अर्बपटक हेरियो युट्युबमा

March 9, 2021 1139

दक्षिण कोरियाली गायक पार्क छे साङ उर्फ साइको गीत ‘खाङनाम स्टाइल’ ले युटुबमा नयाँ रेकर्ड बनाएको छ। यो गीत के-पप गायकहरुले गाएको गीतहरुमध्ये सर्बाधिक हेरिएको गीत हुन सफल भएको छ। यो गीत युटुबमा ४ अर्बपटक हेरिसकिएको छ। साइको गीत ‘खाङनाम स्टाइल’ सन २०१२ मा विश्व चर्चित हुन सफल भएको थियो।

गायक तथा र्यापर साइले स्थापना तथा नेतृत्व गरिरहेको म्युजिक कम्पनी ‘पि नेशन’ का अनुसार उनको यो गीत रिलिज भएको ८ बर्ष ७ महिनापछि आइतबार के पप गायकहरुमध्येको युट्युबमा सर्बाधिक हेरिएको गीतको रेकर्ड राख्न सफल भएको हो।

“यो गीत मात्र रमाइलोका लागि बनाइएको थियो तर यसले यति ठूलो सफलता पायो।” र्यापर साइले आइतबार कोरियाका स्थानिय मिडीयालाई बताए। “पि नेशन म्युजिक कम्पनीमा आवध्द भइ यसको एउटा गायक हुन पाउँदा एकदमै खुशी लागेको छ। तर आज हासिल भएको रेकर्डले म एउटा गायक तथा र्यापर भएको र मैले फेरि नयाँ गीत लिएर आउनुपर्छ भन्ने कुराको अवगत भएको छ।” साइले सन्चारकर्मीहरुलाई बताए।

यो गीत बनेर रिलिज भएपछि विश्व संगितमै हलचल ल्याइदिएको थियो। यसले बिलबोर्ड हट १०० मा नम्बर २ स्थान समेत हाँसिल गर्न सफल भएको थियो। यसले कोरियाको चार्ट रेकर्डमा पनि नम्बर १ स्थान लिन सफल भएको थियो तर गतबर्ष बिटिएसको ‘डाइनामाइट’ ले उनसको स्थान लिएको थियो।

यो भिडियो सन २०१२ मा युट्युबमा रिलिज भएको थियो। यसले त्यतिबेला विश्वमै पहिलोपटक १ अर्ब युट्युब भ्यु पाउने पहिलो भिडियोको स्थान लिन सफल भएको थियो। त्यसैगरी यो गीतले मात्र १६१ दिनमा १० अर्ब भ्यु युट्युबमा पाएको थियो।

साइ सन २००१ मा एल्बम ‘साइ फ्रम द साइको वर्ल्ड’ सहित कोरियाली गीत संगितको क्षेत्रमा आएका थिए। त्यसपछि उनले केहि हिट गीतसहितका एल्बमहरु ल्याए। उनले सन २००१ मा ‘बर्ड’, सन २००२ मा ‘च्याम्पियन’ तथा सन २०१७ मा ‘आइ लभ इट’ नामका गीत एल्बमहरु ल्याएका थिए। उनले सन २०१८ मा ‘पी नेशन’ नामको म्युजिक कम्पनी स्थापना गरेका थिए। उनले यो म्युजिक कम्पनी जेसी, ह्युना र हेज जस्ता गायकहरुसँग मिलेर खोलेका हुन्। उनको यो गीत हेर्न तल क्लिक गर्नुस

प्रतिकृया दिनुहोस्