Saturday, September 25

ख्यङ्गीदो प्रदेशका सबै विदेशी कामदारले मार्च २२ अघि अनिवार्य को’रोना परीक्षण गर्नुपर्ने

March 8, 2021 944

दक्षिण कोरियाको राजधानी सउलको वरिपरी फै’लिएको देशकै सबैभन्दा ठूलो प्रदेश ख्यङ्गीदोमा बसोवास गरि काम गरिरहेका सबै विदेशी नागरिकहरुले यहि मार्च २२ तारिखभन्दा अगावै अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएको छ। को’रोना भा’इरस फै’लिन नदिनको लागि विदेशीहरु अत्याधिक रहेको क्षेत्र ख्यङ्गीदोमा सबै बिदेशी कामदारलाई परिक्षण गर्न आ’देश दिइएको हो।

सोमबार ख्यङ्गीदोको सरकारले यस्तो आदे’श दिँदै यस क्षेत्रमा काम गरिरहेका ८५ हजार विदेशी कामदारलाई परिक्षण गर्न भनेको हो। ख्यङ्गीदो क्षेत्र कोरियाकै सबैभन्दा धेरै बिदेशी कामदार भएको क्षेत्र हो। सरकारको आदे’शअनुसार अव कम्तिमा एक जना विदेशी कामदार राखेको करिब २५ हजार वटा कम्पनीलाई आफ्ना सबै विदेशी कामदारलाई सोमबारदेखि मार्च २२ तारिखभित्र अनिवार्य रुपमा को’रोना परिक्षण गराउन भनिएको छ।

“सबै विदेशी कामदारलाई कोरो’ना परीक्षण गराउन दिइएको आदे’श विदेशी कामदार अत्याधिक भएको क्षेत्रमा अहिले देखिरहेको सामूहिक संक्र’मणका कारण हो। सामूहिक सं’क्रमण रोक्न यस्तो उपाय अपनाइएको हो।” ख्यङ्गीदो प्रदेशका उप प्रमुख लि योङ चुलले अनलाइन प्रेश मिटमा बताए। त्यसैगरी ८५ हजार बैधा’निक बिदेशी कामदार बाहेक अवै’धानिक रुपमा बसिरहेका सबै विदेशीहरुलाई समेत यो अवधिभित्र कोरो’ना परीक्षण गरेमा कुनै धरप’कड नगरिने बताइएको छ।

सबै विदेशी कामदारले आफ्नो कम्पनी नजिकै रहेका अस्थाइ को’रोना परिक्षणस्थलहरुमा गएर निशुल्क परिक्षण गर्न सक्नेछन्। यदि फेब्रुअरी १५ भन्दा पछि परिक्षण गरिसकेको भएमा भने फेरि परिक्षण गर्नुपर्ने छैन। यदि प्रदेश सरकारको यो आदेशको उल्ल’ङ्घन गरेमा २० लाख देखि ३० लाख वन सम्म जरि’वाना हुनेछ। त्यसैगरी यो आदेशको अ’वज्ञा गरि कोही कसैबाट को’रोना फैलेको खण्डमा त्यसको उप’चार, परिक्षण तथा ट्रेसिङमा लाग्ने सबै खर्च उसैले ब्यहोर्नुपर्ने हुन्छ।

कोरिया सरकारले दिएको डाटाअनुसार यो बर्षको गत २ महिनामा १ हजार ७ सय ४७ जना विदेशीलाई कोरोना संक्र’मण पुष्टि भइसकेको छ। यो संख्याको ४७.१ प्रतिशत ख्यङ्गीदो प्रदेशमा भएको पुष्टि हो। त्यसैगरी सउलमा २८ प्रतिशत, छुङछन प्रदेशमा ६.५ प्रतिशत र इन्छनमा ५.४ प्रतिशत विदेशीलाई सं’क्रमण भेटिएको हो।

कोरियाको न्याय मन्त्रालयले सबै विदेशी अबैधा’निकहरुलाई कोरो’ना परिक्षण निशुल्क गर्न दिइने बताएको छ। उनिहरुको ब्यक्तिगत विवरण गोप्य राखिने तथा केहि समयका लागि अबैधा’निकहरुलाई धरप’कड गरि समात्ने काम स्थगित गरिएको समेत बताएको छ।

प्रतिकृया दिनुहोस्