Saturday, September 25

कोरोना महामा’रीबिच कोरियामा ट्याक्स बढाउने प्रस्ताव अघि बढाइँदै

March 10, 2021 571

कोरोना महामा’रीका कारण थलिएको दैनिक जीवनयापन तथा व्यापार व्यवसायलाई थप भा’र पर्ने गरि ट्याक्स बढाउने काम त्यति राम्रो मानिदैन तर दक्षिण कोरियामा कोरोनाले थ’लिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिन भन्दै ट्याक्स बढाउने कुराले चर्चा पाइरहेको छ। कोरोना महामा’री नि’यन्त्रण गर्नका लागि धेरै खर्च भएकाले राष्ट्रिय ऋण बढेको भन्दै ट्याक्स बढाउन खोजिएको हो।

तर कोरियाली सरकारले यसले सरकारप्रति न’कारात्मक धारणा बन्ने तथा महामा’रिका बिच यस्तो प्रस्ताव नरुचाइने भएकाले अघि बढाउन हिच्किचाइरहेको छ। तर सरकारमा रहेको पार्टीका नेताहरुले कोरोना नियन्त्र’णमा भइरहेको अत्याधिक खर्चका कारण सरकारको ढुकुटी छिट्टै रित्तिने भन्दै ट्याक्स बढाउनुपर्ने राय व्यक्त गरिरहेका छन्।

उदारबादी नेता मुन जे इन सरकारले यस अघि नै ट्याक्समा हेरफेर गरिसकेको छ। यो सरकारले धनी तथा ठूला व्यापारीक प्रतिष्ठानहरुलाई बढि कर र कम आय भएकाहरुलाई कम करको व्यवस्था गरेको छ। धनी र गरिबबिचको खाडल कम गरि समानता कायम गर्न धनीहरुबाट बढि कर उठाइ गरिब तथा अस’हायहरुका लागि सामाजिक सु’रक्षाको व्यवस्था मिलाइएको छ।

हालसालै कोरोना नि’यन्त्रणमा भइरहेको खर्चका कारण देशको आर्थिक अवस्था नै क’मजोर हुँदै गइरहेको छ। यसकारण धेरै ठाउँबाट कर बढाउन सुझाब आइरहेको छ। सरकार चलाइरहेको डेमोक्रेटिक पार्टीका नेता लि साङ मिनले भनेका छन उनि धनी तथा ठूला व्यापारीक प्रतिष्ठानहरुलाई आयकर र व्यवसाय कर बृध्दि गर्ने सोचमा छन्। उनले भनेका सन सन २०२२ देखि २०२४ बिच यस्तो करमा बृध्दि गर्नुपर्दछ।

भावी राष्ट्रपतिका उम्मेद्वारका रुपमा हेरिएका ख्यङ्गीदो प्रदेश सरकार प्रमुख लि जे म्योङ पनि कर बढाउने कुरामा सहमत भएका छन्। कोरियाको बढ्दो ऋणका कारण यहाँको सरकार थप चि’न्तित छ। सरकारले गत हप्तामात्रै १३.३ बिलियन अमेरिकन डलर बराबरको बजेट ल्याएको थियो जसमा साना तथा मझौला व्यवसाय जसलाई महा’मारीले ठूलो अस’र गरेको छ तिनलाई सहयोग प्याकेजको समेत ब्यवस्था गरिएको छ।

हालैको बजेटपछि कोरियाको ऋण ९६५.९ ट्रिलियन वन पुग्ने अनुमान गरिएको छ। यसको कुल ऋण र औषत आन्तरिक उत्पादन (GDP) बिचको अनुपात ४८.२ पुग्नेछ। यस्तो अनुपात कोरोना म’हामारी अघि ४० भन्दा कम नै थियो। कोरियाको अर्थ मन्त्रालयले राष्ट्रिय ऋण अर्को बर्ष १२५ ट्रिलियन वनले बढेर १ हजार ९१ ट्रिलियन वन पुग्ने प्रक्षेपण गरेको छ।

प्रतिकृया दिनुहोस्