ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गतेबाट सर्वसाधारणका लागि आइपिओ निष्काशन गरिरहेको छ। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
सिडिएससीका अनुसार आज साँझ ५ बजेसम्ममा १५ लाख ७० हजार ४ सय १४ जनाबाट ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन भइसकेको छ। यो संख्या नेपालको सेयर बजारकै इतिहासमा कुनै पनि कम्पनीको आइपिओमा परेको सबैभन्दा धेरै आवेदन हो। यस हिसाबले पनि यो कम्पनीको आइपिओ आइपिओ भर्ने आवेदनकर्ताका हिसाबले तथा माग गरिएको संख्याका आधारमा समेत ओभरसस्क्राइब भइसकेको छ। त्यसैले बाँडफाड गोलाप्रथाबाट हुने निश्चित भइसकेको छ। ५ लाख ९५ हजार जनाले यस कम्पनीको १० कित्ताका दरले आइपिओ पाउनेछन्। त्यसैले अब आवेदन गर्नेहरुले मात्र १० कित्ताका लागि अप्लाई गर्दा उचित देखिनेछ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ताका लागि आवेदन खुलाएको हो। यसरी हेर्दा पहिलो दिननै माग गरेभन्दा बढि आवेदन परिसकेको छ। फागुन २६ गतेसमम्म यस कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। यस आइपिओमा न्युनतम १० कित्ता तथा अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। एनएमबी क्यापिटल यस आइपिओको बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। अहिले ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने आइपिओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि यस कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।
प्रतिकृया दिनुहोस्