Monday, September 27

कोरियन खाना विश्वकै लोकप्रिय खानाको चौथो स्थानमा

March 12, 2021 959

कोरियन खाना विश्वकै लोकप्रिय खानाहरुमध्ये चौथो स्थानमा रहेको छ। अन्तराष्ट्रिय फुड म्यागजिन ‘सेफ्स पेन्सिल’ ले गरेको एक अनुसन्धानमा यो नतिजा देखिएको हो। उक्त म्यागजिनले इन्स्टाग्राममा कुन खाना बढि लोकप्रिय छ भनेर गरेको अध्यनमा विश्वकै प्रख्यात फ्रेन्च, थाइ तथा चाइनिज खानालाई पछि पार्दै कोरियन खाना चौथो स्थानमा रहेको पाइएको छ।

अनुसन्धान गर्ने म्यागजिनले इन्स्टाग्राममा मानिसहरुले प्रयोग गरेका ह्यासट्यागका आधारमा कुन खाना कति पपुलर छ भनेर अध्यन गरेको थियो। फोटो तथा भिडियो सेयर गरिने इन्स्टाग्राममा धेरै जसो मानिसहरुले आफूले पकाएका तथा खाएका खानाहरुको भिडियो तथा फोटो पोष्ट गर्ने गर्दछन्। यो म्यागजिनका अनुसार फेब्रुअरी महिनामा मात्रै इन्स्टाग्राममा #food फुड ह्यासट्याग ४३ करोड पटक प्रयोग भएको पाईएको छ। इन्स्टाग्रामलाई खानाको भिडियो तथा फोटो पोष्ट गरिने मुख्य प्लाटफर्मका रुपमा हेर्ने गरिन्छ।

अन्तराष्ट्रिय फुड म्यागजिन ‘सेफ्स पेन्सिल’ का अनुसार जापनिज खाना सबैभन्दा बढि प्रख्यात रहेको पाईएको छ। यसपछि इटालियन खाना रहेको छ। जापनिज खानाको ह्यासट्याग इन्स्टाग्राममा १ करोड ५५ लाख वटा भेटिएको छ भने इटालियन खानाको १ करोड ४७ लाखपटक पाइएको छ। तेश्रो स्थानमा रहेको इन्डियन खानाको ह्यासट्याग ८५ लाख रहेको अनुसन्धानमा भेटिएको छ।

यो लिष्टको छैठौं स्थानमा रहेको मेक्सिन खाना जसको ह्यासट्याग ६७ लाख रहेको पाइएको छ। मेक्सिकन र इटालियन बाहेक टप १० मा पर्ने सबै खानाहरु एसिया महादेशबाट रहेका छन्। टप १० को चौथो स्थानमा कोरियन खाना पर्न सफल भएको छ जसको ह्यासट्याग ७५ लाख रहेको छ।

“केहि एसियन खानाहरु जस्तै कोरियन खाना खानेकुराका पारखीहरुका लागि एकपटक खानैपर्ने रुपमा हेर्ने गरिएको छ। यि खानाको स्वाद लिन पाउनु नै धेरै महत्वपूर्ण कामका रुपमा हेर्ने गरिएको छ।” म्यागजिनले भनेको छ। “प्यारासाईट कोरियन फिल्मले पनि विश्वमा कोरिया र कोरियन खानाको प्रचारमा थप सहयोग गरेको हो।” म्यागजिनले थपेको छ।

म्यागजिनका अनुसार एसियन खानाहरु प्रख्यात हुनुका कारण यि खानाहरु पश्चिमी खानाहरु भन्दा बढि स्वस्थकर हुनु हो। ८० र ९० को दशकमा जन्मेका मिलेनियल्स तथा जेनेरेसन जेडका युवाहरु अहिले स्वस्थकर खाना खान रुचाउँछन्। उनिहरु स्वस्थकर खाना खाएको फोटो तथा भिडियो पोष्ट गर्न इन्स्टाग्रामको प्रयोग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्