Tuesday, September 28

ठ’गिनबाट जोगाएपछि २ जना नेपालीलाई जापान प्रहरीबाट सम्मान

March 10, 2021 621

टोकियो, जापान। जापानमा दुइ जना नेपाली त्यहाँको प्रहरीबाट सम्मानित भएका छन्। जापानको एक सेभेन एलेभेन स्टोरमा पार्ट टाइमका रुपमा काम गर्ने नेपालीलाई सागाकेन तोसुमा रहेको प्रह’री कार्यालयले सम्मान गरेको हो। उनिहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।

सम्मानित हुनेहरुको नाम खुलाइएको छैन। उनिहरु एक २९ बर्षिय नेपाली युवति तथा अर्का ३३ बर्षिय नेपाली युवा रहेको बताइएको छ। उनिहरु सागा केनस्थित एक भोकेसनल कलेजमा पढ्दै आइरहेका बिध्यार्थी रहेको बुझिएको छ। उनिहरुले आफूले काम गरिरहेको स्टोरमा आएका ग्राहकहरुलाई ठगि’नबाट जोगाएका थिए। उनिहरुको यो कामको प्रशंसा गर्दै सम्मान गरिएको प्रह’रीले जनाएको छ।

गत फेब्रुअरी १५ तारिख उनिहरुले काम गर्दै आइरहेको सेभेन एलेभेन स्टोरमा बिध्युतिय गिफ्ट भौचर किन्न आएका ७० बर्षिय बृध्द तथा अर्का एक ४० बर्षिया महिलालाई ठ’गिनबाट जोगाएका थिए। यस्ता बिध्युतिय गिफ्ट भौचरको प्रयोग, महत्व तथा उपयोगिता र जो’खिमको बारेमा केहि पनि नबुझि किन्न आएका ग्राहलाई सबै कुरा बुझ्ने गरि बताएपछि उनिहरुले किन्न लाग्नुको कारण संका’स्पद ठानी प्रह’रीलाई खबर गरिदिएका थिए। प्रहरीले उनिहरु नेपाली बिध्यार्थी रहेको बताएपनि उनिहरुको नाम भने खुलाएको छैन।

प्रतिकृया दिनुहोस्