Tuesday, June 22

अहिलेसम्म कोरियामा कतिले लगाए भ्याक्सिन? जानौं

March 11, 2021 426

लामो समयको प्रतिक्षापछि दक्षिण कोरियामा को’रोना भाइ’रस बि’रुध्दको खोप अभियान सन्चालन गरेको १३ दिनसम्ममा कुल जनसंख्याको करिब १ प्रतिशत मानिसलाई खोप लगाइएको छ। कोरियाले गत फेब्रुअरी २६ बाट देशैभर एकसाथ खोप कार्यक्रम सुरु गरेको थियो।

फेब्रुअरी २६ बाट सुरु भएको खोप अभियानको पहिलो चरणमा ६५ बर्षभन्दा कम उमेरका हेल्थ केयरका कामदारहरु तथा बिरा’मीहरु तथा अग्रपङ्तिमा खटिएर काम गर्ने स्वास्थकर्मीहरुलाई खोप लगाइएको थियो। आजसम्म ५ लाख ६ सय ३५ जनालाई को’रोना खोपको पहिलो डोज दिइसकिएको कोरिया रो’ग नि’यन्त्रण तथा रो’कथाम एजेन्सीले जानकारी दिएको छ। यो संख्या दक्षिण कोरियाको ५ करोड २० लाख जनसंख्याको करिब १ प्रतिशत हो।

कोरियाको सरकारले नोभेम्बर महिनासम्ममा करिब ७० प्रतिशत जनसंख्यालाई को’रोना बि’रुध्दको खोप दिइसकिने महत्वाकांक्षी लक्ष्य राखेको थियो। कोरिया रो’ग नि’यन्त्रण तथा रो’कथाम एजेन्सीका अनुसार फेब्रुअरी र मार्च महिनाको बिचमा प्रमुख प्राथमिकता भएका जनसंख्याको करिब ६४.५ प्रतिशतलाई खोप लगाउन सफल भएको हुनाले खोप योजनाभन्दा अझै छिटो यो काम भइरहेको बताएको छ।

पहिलो चरणमा हेल्थ केयर वर्कर र दीर्घ रो’गीहरु करिब ४ लाख ८७ हजार ७ सय ४ जनाले ब्रिटिस स्वेडिस कम्पनी एष्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले बनाएको २ डोज मात्राको खोपको पहिलो डोज लगाइसकेका छन्। यो खोप २ पटक गरेर २ डोज लगाउनुपर्दछ। त्यसैगरी १२ हजार ९ सय ३१ जनाले अमेरिकन औषधि कम्पनी फाइजरले बनाएको खोपको पहिलो डोज लगाएका छन्। यो खोप पनि २ पटक गरेर जम्मा २ डोज लगाउनुपर्दछ। फाइजरको खोप लगाउनेहरुमा सउल र त्यस वरपरका ठूला शहरका डाक्टर, नर्स तथा अरु स्वास्थकर्मीहरु रहेका छन्।

अब खोपको स्पिड झन बढ्ने बताइएको छ। थप मेडिकल कामदार र डाक्टरहरु खटाएर स्पिड बडाइने बताइएको छ। त्यसैगरी कोरियाका स्वास्थ अधिकारीहरुले ६५ बर्षभन्दा माथिका लागि पनि  एष्ट्रेजेनेका कम्पनीको खोप लगाउन अनुमति प्रदान गरिसकेको छ। हालैका अध्यनहरुले यो उमेर समूहका लागि पनि यस खोपको प्रभाकारीता भएको पाइएपछि यस्तो अनुमति प्रदान गरिएको हो।

कोरियाका स्वास्थ अधिकारीहरु कोरोना खोपको प्रभावकारीता र सुर’क्षाका बारेमा चनाखो भएका छन्। केहि समय यता खोप लगाएका ५ जना मानिसको मृ’तु भएपछि उनिहरु थप चनाखो भएका हुन। तर यो घटनामा खोपको कुनै सम्बन्ध नभएको पाइएको छ। बिहिबार कोरियामा थप ४ सय ६५ जनामा को’रोना संक्र’मण पुष्टि भएको कोरिया रो’ग नि’यन्त्रण तथा रोक’थाम एजेन्सीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्