Tuesday, June 22

अब कोरियामा बिदेशी कामदारलाई एउटा कोठामा ८ जनाभन्दा बढि राख्न नपाइने

March 12, 2021 519

दक्षिण कोरियामा काम गर्ने बिदेशी कामदारहरुलाई अब एउटा कोठामा अधिकतम ८ जनाभन्दा बढि राख्न नपाइने भएको छ। यसअघि एउटै कोठामा अधिकतम १५ जनासम्म राख्न सकिने नियम रहेको थियो। यो नियमलाई परिवर्तन गर्दै अब ८ जनामा झारिएको छ। कामदारहरुको बासस्थान सुधार्ने सरकारको निती अनुसार यो परिवर्तन गरिएको हो।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले बिहिवार बताएअनुसार मजदुर मापदण्ड कानून परिवर्तन गरि नयाँ नियम लागू गर्न लागिएको हो। विदेशी कामदारहरुलाई न्युनतम सुविधा पनि नभएका ठाउँमा बस्न दिइने गरेकाले यसको बि’रोधमा मजदुर अधिकारकर्मिहरुले निरन्तर आवाज उठाउँदै आइरहेका थिए। गत बर्षको डिसेम्बरमा एक फिनिल हाउसमा कम्बोडियन कामदारको मृ’त्यु भएपछि यो आवाज झन चर्को रुपमा उठ्न थालेको थियो।

गत बर्ष ख्यङ्गीदो प्रदेशको पोछनमा रहेको एक कम्पनीमा फिनिल हाउसभित्र एकदमै दय’निय स्थितीमा रहेको कोठामा कम्बोडियन नागरिकलाई राखिदा उनको ज्या’न गएको थियो। तर पछि अस्पतालको रिपो’र्टमा लिभर ख’राबीका कारण घ’टना भएको भनिएपनि मानब अधिकारकर्मीहरुबाट सरकारलाई बिदेशी कामदारको बस्ने स्थान सुधारका लागि ठूलो द’बाब आएको थियो।

सन २०१९ मा कोरियाको रोजगार तथा श्रम मन्त्रालयले नियम परिवर्तन गरी एउटा कोठामा अधिकतम १५ जनासम्म बिदेशी कामदार राख्न सकिने बनाएको थियो। अहिले मन्त्रालयले विदेशी कामदारलाई सुविधा नभएका ख’तरायुक्त ठाउँमा राखेमा उनिहरुलाई कामदार नदिनेसम्मको का’रबाहि गरिने गरि कानून संसोधन गर्दैछ। अब धेरै होहल्ला हुने ठाउँ, हिलो भिजेको ठाउँ, तातो चिसो नहुने ठाउँहरुमा बिदेशी कामदार राख्न पाइने छैन।

अघिल्लो महिना श्रम तथा रोजगार मन्त्रालयले इपिएस कामदारहरुलाई यदि रोजगारदाताले उचित बासस्थानको ब्यवस्था नगरिदिएमा आफूखुशी कम्पनी परिवर्तन गर्न दिइने गरि कानुन संसोधन गर्न लागिएको बताएको थियो। यस्तो सुविधा नदिने रोजगार दाताहरुलाई विदेशी कामदार राख्न नपाउने गरि का’रबाही समेत गरिने श्रम मन्त्रालयले बताएको छ।

प्रतिकृया दिनुहोस्