राष्ट्रिय महत्वको नागढुङ्गादेखि सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ। गत बर्षदेखि विश्वब्यापीरुपमा फैलिएको को,रोना भाइ,रस म,हामारीका कारण काम केहि सुस्त भएपनि अहिले सुरुङमार्गको कामले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ। अहिलेसम्म यस आयोनाको ९ प्रतिशत काम सकिएको छ।
यस आयोजनामा अहिले दिनरात गरी २४ सै घण्टा काम भइरहेको छ। गत बर्ष कार्यतालिका अनुसार केहि ढिलाई काम भइरहेता पनि अहिले कामले गति लिन थालेपछि निर्धारित योजनाभन्दा करिब १ महिनामात्र ढिलाई भइरहेको आयोजना प्रमुखले बताएका छन्। हप्तामा शनिवार बिदाको दिनबाहेक अरु ६ दिन रातदिन २४ नै घण्टा काम भइरहेको छ। यस सुरुङमार्गको दुइतर्फबाट खन्ने काम भइरहेको छ। अहिलेसम्म पूर्वतर्फबाट ४९ मिटर तथा पश्चिमतिरबाट १४९ मिटर खनिसकिएको छ। त्यसैगरी आ,पतकालिन सुरुङमार्ग ४५ मिटर खनिएको छ। अहिले सुरुङमार्ग खन्ने कामका साथसाथै अन्य आवश्यक पूर्वाधार निर्माणको काम समेत धमाधम भइरहेका छन्। सुरुमा क’ठिन भूगोल भएको क्षेत्रबाट सुरुङ खन्ने काम सुरु गरिएकाले केहि ढिलाई भएतापनि अबका दिनमा कामले गति लिने आयोजना प्रमुखले जानकारी दिएका छन्।
सुरुङका अलाबा सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग तथा अगाडीपट्टी नागढुङ्गामा ओभरपास समेत बनिरहेको छ। यो ओभरपास र पहुँच मार्गको काम लगभग ४५ दिनमा सकिने बताइएको छ। यस आयोजनाले सुरुङ खन्न मात्र १६ महिना लाग्ने कार्यतालिका बनाएको थियो। १६ महिनामध्येको १ महिना पूरा भएको छ। खन्ने काम सकिएपछि सुरुङमार्गमा बत्ति जडान, अग्नि नियन्त्रणका कुराहरु तथा सिसिटिभि जडान आदिको काम हुनेछ। यस सुरुङमार्गको निर्माणमा मित्रराष्ट्र जापान र नेपालका जनशक्ति प्रयोग भएका छन्। परामर्शदाता कम्पनीले पठाएका ३ तथा नेपाली करिब ९० जना इन्जिनियरहरु काममा खटिएका छन्। दक्ष जनशक्ति बाहेकका सबै कामदारहरु नेपाली नै छन्। यस्तो काम नेपालमै पहिलोपटक भइरहेकाले नेपालीले यस आयोजनाबाट धेरै कुराहरु सिक्न सकिने बताइन्छ।
सडक विभागसँग गत बर्ष आयोजना कम्पनीले ४२ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। यो आयोना जापान सरकारको सफ्ट लोनमा भइरहेको हो। सवारी साधनको अत्या,धिक चाप हुने तथा दुर्घटना हुने नागढुङ्गा नौबिसे सडकखण्डमा यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछी ठूलो राहत मिल्नेछ। समय कम लाग्ने, जाम कम हुने तथा इन्धनको समेत बचत हुनेछ। यो आयोनामा दुइवटा फ्लाइओभर, एउटा सर्भिस सेन्टर तथा करिब ३ किलोमिटर नयाँ सडक समेत निर्माण हुनेछ।
सुरुङमार्ग अन्तराष्ट्रिय मापदण्डअनुसार बनाइन लागिएको हो। यस मार्गको एउटा लेनको चौडाई ३.५ मिटरको हुनेछ। सुरुङमार्गभित्र एउटा गाडी बिग्रिए पनि सजिलै दुइवटा गाडी ओहोर दोहोर गर्न सक्नेछन्। दुर्घटना भइहाले उ’ध्दारका लागि मुख्य सुरुङसँग जोडिने गरि सहायक सुरुङमार्ग समेत निर्माण हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्षको कार्तिक ५ गते उद्घाटन गर्नुभए पनि यस आयोजनाको निर्माण सुरु भएको थियो।
प्रतिकृया दिनुहोस्