Wednesday, June 23

पुलिस क्लबले जित्यो काठमाण्डौ मेयर कप क्रिकेटको उपाधी

March 13, 2021 261

काठमाण्डौ मेयर कपको फाईनलमा स’शस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधी जितेको छ। किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले एपिएफलाई ८ विकेटको फराकिलो अन्तरले हराएको हो।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको एपिएफ टिम पुलिसको बलिङसामु धेरै समय टिक्न सकेन। २९ ओभर ४ बलमात्र मैदानमा टिक्न सकेको एपिएफले मात्र १०५ रन बनाउन सक्यो। मात्र १०६ रनको लक्ष्य पाएको पुलिस क्लबले २४.१ ओभरमा दुइ विकेट गुमाएर पूरा गर्यो। पुलिस क्लबका लागि ब्याटिङमा सुनिल धमलाले नट आउट ५९ रनको महत्वपूर्ण योगदान दिए। उनले दुइ छक्का र सात चौका प्रहार गर्दै ८२ बलमा ५९ रन बनाएका थिए। त्यसैगरी दिपेन्द्र सिंह ‌‍ऐरीले नट आउट ११ रन तथा कुशल भुर्तेलले १५ तथा अनिल शाहले १५ रन जोडे। बलिङतिर एपिएफका अभिनाश बोहरा र भुवन कार्कीले एक एक विकेट लिए।

एपिएफको ब्याटिङतर्फ राम्रो प्रदर्शन रहन सकेन। स्कोरबोर्डमा मात्र १० रन हुँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको टिमका आसिफ सेख र शरद भेषावकर खाता नखोली पेवेलियन फर्किए भने शङ्खर रानाले मात्र ४ रन जोडे। एपिएफका लागि भुवन कार्कीले १४, बसन्त रेग्मीले २२ रन, सन्दिप जोराले १८ रन, अमर रौटेलाले १८ रन तथा अभिनाश बोहराले १२ रन जोडे। बलिङमा सागर ढकाल र गुलसन झाले ४/४ विकेट लिएका थिए।

उपाधी विजेता भएसँगै पुलिस क्लबले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता रहेको एपिएफले तिन लाख रुपैया प्राप्त गर्यो।

प्रतिकृया दिनुहोस्