Tuesday, September 28

कोरियाका ब्यापारीले आफ्नै कम्पनीका कामदारलाई बाँढ्दै १ खर्ब वन

March 14, 2021 967

दक्षिण कोरियाको लोकप्रिय खाना डेलीभरी गर्ने एप ‘फेदाल मिनजोक’ का संस्थापक मालिक किम बोङ जिनले आफ्ना कम्पनीका कर्मचारी तथा कामदारहरुलाई १ खर्ब कोरियन वन बाँ’ड्ने भएका छन्। कोरियाकै सबैभन्दा ठूलो खाना डेलीभरी गर्ने कम्पनीका मालिक किमले आफ्नै सम्पत्तिबाट सबै कर्मचारी तथा कामदारहरुलाई कम्पनीको सेयरका तथा बोनसका रुपमा यति ठूलो रकम बाँड्न लागेका हुन।

उनको कम्पनी ‘फेदाल मिनजोक’ को माउ कम्पनी ‘ओआ ब्रदर्श’ तथा यसको कोरिया तथा विदेशमा रहेका शाखाहरुमा रहेका करिब १ हजार ७०० कर्मचारीहरुले २ करोड देखि ५ करोड वन सम्मको सेयर पाउनेछन्। त्यसैगरी खाना घर घर पुर्याउने कम्पनीका ड्राइभरहरु जसले यस कम्पनीमा १ बर्षभन्दा बढि काम गरेका छन उनिहरुले २० लाख वन देखि ५० लाखवन सम्म पाउने भएका छन्।

यसरी कर्मचारी तथा कामदारलाई बाँडिने सेयरको मूल्य १०५.९५ युरो प्रतिशेयरका रुपमा मूल्याङ्कन गरिएको छ। ओवा ब्रदर्शलाई किनेको जर्मनीको डेलिभरी हिरो कम्पनी जर्मनीको फ्रान्कफर्ड स्टक एक्सचेन्जमा सूचिकृत छ। तर कर्मचारी तथा कामदारले पाउने सेयर तुरुन्तै भने पाउने छैनन। उनिहरुले ३ बर्षभित्र यो सेयर पाउनेछन्।

किम बोङ जिनले खाना डेलिभरी गर्ने कामदारहरुलाई जनही १० लाख वन नगद समेत दिन लागेका छन्। १ बर्षभन्दा कम काम गरिरहेका डेलिभरी गर्ने कामदारहरुलाई जनही १० लाख वन दिन लागिएको हो भने अस्थाइ रुपमा कम्पनीमा काम गरिरहेका ८ सय ३० जना कर्मचारीहरुले भने जनही १५ लाख वन पाउनेछन्।

यसरी कामदार तथा कर्मचारीहरुलाई बोनस दिनुको मुख्य उदेश्य आफ्ना कामदारहरुलाई उनिहरुले गरेको मेहनत र दु’खबापत धन्यवाद दिन तथा कम्पनीको प्रगतीमा उनिहरुको योगदानको कदर स्वरुप बोनस दिइएको ‘ओवा ब्रदर्श’ कम्पनीले जनाएको छ।

केहि समय अगाडी किम दम्पतीले आफ्नो कुल सम्पतीको आधा सम्पति गरि’ब दु’खीहरुका लागि काम गर्ने च्यारीटी संस्थाहरुलाई दान गर्ने घोषणा गरेका थिए। उनिहरुको सम्पतिको आधा लगभग १० खर्ब कोरियन वन हुन आउँदछ। अमेरिकाका धनाड्य बिल गेट्स, वारेन बफेट हरुले सुरुवात गरेको सहयोग अभियानमा उनिहरुले एक्येबध्दता जनाउँदै आफ्नो आधा सम्पति दान गर्न लागेका हुन्। ओवा ब्रदर्श कम्पनीले भनेको छ कर्मचारी र कामदारलाई दिइन लागेको बोनस रकम किम दम्पतिले च्यारीटि मार्फत गर्न लागिएको दानभन्दा छुट्टै हो।

 

प्रतिकृया दिनुहोस्