Friday, June 25

जिडीपी र्याङ्किङमा कोरिया टप १० मा, रसिया, ब्राजिल, अष्ट्रेलिया जस्ता देशलाई प’छार्न सफल

March 15, 2021 517

कोरो’ना म’हामारीका बिचमा पनि दक्षिण कोरियाको अर्थतन्त्र विश्वकै टप १० मा रहन सफल भएको छ। सोमबार प्रकासित आँकडाअनुसार कोरियाको कुल ग्राहस्थ उत्पादन अर्थात जिडिपी विश्वकै दशौं स्थानमा रहन सफल भएको छ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ ।  जिडिपीमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् ।

अर्गानाइजेशन फर इकोनाोमिक कोअपरेशन (OECD) ले प्रकाशन गरेनको डाटाअनुसार सन २०२० मा कोरियाको जिडीपी १.६२ ट्रिलियन अमेरिकन डलर भएको पाइएको छ। दक्षिण कोरिया एशिया महादेशकै चौथो ठूलो अर्थतन्त्र भएको देश हो।

१.६२ ट्रिलियन अमेरिकन डलर बराबरको जिडीपी भनेको रसियाको १.४० ट्रिलियन, ब्राजिलको १.३९ ट्रिलियन तथा अष्ट्रेलियाको १.३३ ट्रिलियन अमेरिकन डलरभन्दा बढि हो। कोरिया ब्राजिल, अष्ट्रेलिया तथा रसियाजस्ता ठूला र विकसित देशभन्दा अघि रहन सफल भएको हो।

दक्षिण कोरिया सन २०१९ को जिडीपी र्याङ्किङभन्दा २ स्थान माथि उक्लिन सफल भएको हो। तर सन २०१८ मा भने कोरिया दशौं स्थानमै रहेको थियो। मुद्रास्फीति हिसाब नगर्ने हो भने कोरियाको जिडीपी क्यानाडाको भन्दा थोरैले बढि हुन जान्छ। यसो भएको कोरियाको र्याङ्किङ अझ १ स्थान माथि उक्लन सफल भइ ९ ‌औं स्थानमा आउँदछ।

कुल ग्राहस्थ उत्पादन अर्थात जिडीपी भनेको एउटा बृहत रुपमा कुनै पनि देशको अर्थतन्त्रलाई मापन गर्ने साधन हो। कुनै पनि देशले एक बर्षभित्रमा उत्पादन गरेका बस्तु तथा सेवाको कुल मूल्य नै जिडिपी हो। जिडीपी र्याङ्किङ अर्गानाइजेशन फर इकोनाोमिक कोअपरेशन (OECD) ले उत्पादन बृध्दि, विदेशी विनिमय दर, मुद्रास्फीति दर आदिका आधारमा निकाल्ने गर्दछ।

म’हामारीका बिचमा गत बर्ष दक्षिण कोरियाले अरु देशका तुलनामा राम्रो आर्थिक कारोबार गर्न सफल भएकाले जिडीपीमा राम्रो स्थान बनाउन सफल भएको हो। कोरियाको अर्थतन्त्र गत बर्ष मात्र १ प्रतिशतले संकुचन आएको थियो। यो संकुचन विश्वकै प्रमुख २० अर्थतन्त्र भएका मुलुकहरुमध्येमा तेश्रो सबैभन्दा राम्रो हो। सबैभन्दा कम संकुचन भएका देश चीन र टर्किपछी कोरिया रहेको हो। गत बर्ष रसियाको अर्थतन्त्र ३.६ प्रतिशतले, ब्राजिलको अर्थतन्त्र ४.४ प्रतिशतले, अष्ट्रेलियाको अर्थतन्त्र २.५ प्रतिशतले तथा क्यानाडाको अर्थतन्त्र ५.४ प्रतिशतले घटेको थियो।

प्रतिकृया दिनुहोस्