नेपालमा हरेक सिजन खेतिपाती गर्ने बेला रसायनिक मलको अभाव हुन थालेपछि सरकारले नेपालमै रसायनिक मल उत्पादन गर्ने भन्दै मल कारखाना खोल्ने तयारी सहित अहिले अध्यन तिब्र गतिमा अघि बढाइरहेको छ। नेपाल सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, अर्थमन्त्री बिष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री पध्माकुमारी अर्याल रहेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार यस सम्बन्धमा जानकारी गराएको र प्रधानमन्त्री समेत यस कुरामा सकारात्मक रहनुभएको श्रोतको दाबी छ।
‘अबको ५ बर्षमा नेपालमै मल कारखाना खुल्न सक्छ। कारखाना सन्चालन गर्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुन्छ। यो ऐतिहासिक निर्णय हो।’ कृषि मन्त्रालयका सचिब योगेन्द्रकुमार कार्कीले जानकारी दिएका छन्। नेपाल सरकारका अर्थमन्त्रीको संयोजकत्वमा उध्योग र कृषि मन्त्रीसहित मल कारखाना खोल्न प्रारम्भिक अध्यनका लागि समिती गठन भएको थियो। यो समितीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ। प्रधानमन्त्रीलाई अध्यनको प्रतिवेदन समेत समितीले बुझाएको छ।
पूँजी लगानी, लगानी फिर्ता, तथा नाफाका आधारमा नेपालमा प्राकृतिक ग्याँसमा आधारित रसायनिक मल कारखाना खोल्न उपयुक्त हुने अध्यन समितीको ठहर रहेको छ। यस्तो कारखाना खोल्न करिब १ खर्ब ३ अर्ब सुरुवाति पूँजि आवश्यक पर्ने बुझिएको छ। यो प्रतिवेदन मन्त्रीपरिषदबाट स्विकृत भएको खण्डमा लगानी बोर्डमार्फत उध्योग खोल्ने काम अघि बढ्नेछ। नेपालमा बार्षिक १६ अर्ब रुपैयाँ बराबरको रसायनिक मल आयात हुने गरेको छ। स्वदेशमै उत्पादन गर्न सके बर्षेनी १६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिनेछ।
प्रतिकृया दिनुहोस्