Tuesday, September 28

को’रोना परीक्षणस्थलमा बिदेशीहरुको भि’ड, व्यवस्थापन राम्रो नहुँदा पाए धेरैले सास्ति

March 15, 2021 508

दक्षिण कोरियाको ख्यङ्गीदो प्रदेशले यस क्षेत्रमा बसोबास गर्ने सबै विदेशीहरुलाई अनिवार्य को’रोना परीक्षण गर्न आदेश दिएपछि अहिले टेस्टिङ सेन्टरहरुमा भि’ड लाग्ने गरेको छ। तर परीक्षण स्थलमा कर्मचारी कम हुँदा मानिसहरु घण्टौ लाइनमा उभिन बाध्य भएका छन्। मानिसहरुको भिड लागेपछि सामाजिक दूरी कायम समेत नभएको पाईएको छ। यस्तो अवस्था आउनुमा व्यवस्थापनको कमजोरी भएको भनि चौतर्फी बि’रोध समेत भइरहेको छ।

ख्यङ्गीदो क्षेत्रका कम्पनीहरुमा विदेशी कामदारहरुमा सामू’हिक सं’क्रमण हुन थालेपछी प्रदेश सरकारले गत मार्च ८ गते एक सूचना निकाल्दै यस क्षेत्रका सबै बिदेशी कामदारहरुलाई मार्च २२ भित्र अनिवार्य रुपमा को’रोना परीक्षण गर्न आदेश दिएको थियो। तोकिएको समयसिमाभित्र कोरोना परीक्षण नगरेमा २० लाख वन सम्म ज’रिवाना तथा यदि उसबाट भाइ’रस फैलि’एमा त्यसमा लाग्ने सम्पूर्ण खर्चसमेत उसैलाई तिराउने भनेपछि मानिसहरु को’रोना परिक्षण गर्न भिड लागेका हुन।

तर अहिले विदेशी समुदायमा ख्यङ्गीदो सरकारको आदे’शको बि’रोध तिब्र हुन थालेको छ। सरकारले उचित ब्यवस्थापन र तयारी बिना नै सरकारी आ’देश लाद्न खोजेको उनिहरुको आरोप रहेको छ। ८५ हजारको संख्यामा यो क्षेत्रमा बिदेशी कामदारहरु रहेका छन्। यति ठूलो संख्यामा रहेकाहरुको परीक्षण २ हप्ताभित्र गरिसक्न भनेकाले ख्यङ्गीदो सरकारको बि’रोध भएको हो। कम समयसिमा तर ब्यवस्थापन  र तयारी फितलो भएपछि अहिले परीक्षण स्थलबाटै कोरो’ना फैलन सक्ने खत’रा बढेर गएको बताइएको छ।

शनिवार र आइतबार बिदाको दिन परीक्षण गरेका अधिकांस विदेशीहरुले परीक्षणस्थनलमा आफूहरुले सा’स्ति खेप्नुपरेको अनुभव सुनाएका छन्। परीक्षण स्थलमा कर्मचारी कम, मानिसहरुको भि’ड अत्याधिक, लाईनमा घण्टौ कुर्नुपर्ने तथा सामाजिक दूरी कायम राख्न ठाउँ समेत साँघुरो भएको उनिहरुको गुनासो रहेको छ।

बुछनमा रहेका एक नेपाली ले भने “म परीक्षण स्थलमा विहान ९ बजे नै पुगेको थिए। परीक्षण सुरु हुनुभन्दा आधा घण्टा अगाडी नै पुग्दा समेत त्यहाँ लामो लाइन लागिसकेको थियो। मैले लाइनमा करिब २ घण्टा उभिनपर्यो। त्यस दौरान त्यहाँ कसैले पनि सामाजिक दूरी कायम गरेका थिएनन्।”

केहिले त घण्टौ लाइन बस्दा समेत परीक्षणका लागि पालो पाएनन। यस बिषयमा सम्बन्धित निकायले आफूहरुको ध्यानकर्षण भएको बताएका छन्। उनिहरुले अबका दिनमा सुधार गर्ने प्रतिबध्दता समेत ब्यक्त गरेका छन्। ह्वासाङमा त्यहाँको स्थानिय सरकारले अर्को एक परीक्षण स्थल थप गरेको छ। त्यसैगरी परीक्षण समय समेत विहान ९ बजेदेखि राति ९ बजेसम्म बनाएको छ। त्यसैगरी जनशक्ति पनि २४ जनाबाट बढाएर २६ जना पुर्याएको छ।

प्रतिकृया दिनुहोस्