Tuesday, September 28

कोरियामा काकाओ कम्पनीका मालिकले आधा सम्पति दान गर्दै

March 16, 2021 816

दक्षिण कोरियाको प्रमुख मोबाइल मेसेन्जर अपरेटर काकाओ कम्पनीले मंगलबार जानकारी दिएअनुसार यस कम्पनीका संस्थापकले आफ्नो आधा सम्पति दान गर्ने भएका छन्। उनको सम्पति करिब ९ अर्ब अमेरिकन डलर रहेको बुझिएको छ।

काकाओका फाउण्डर किम बोम सुले कम्पनीको वेवसाइटमा पोष्ट गर्दै भनेका छन् “आज हामीले हाम्रो आधा सम्पति यहि समाजमा फिर्ता गर्ने घोषणा गरेका छौं।” विश्वका धनाढ्यहरुले आफूले कमाएको सम्पतिबाट समाजमा दान गर्ने चलनको सुरुवात अमेरीकी धनाढ्यद्वय माइक्रोसफ्टका मालिक बिल गेट्स तथा सेयर बजारका बादशाह वारेन बफेटले सुरुवात गरेका थिए। यहि चलनलाई अहिले विश्वभरका धनाढ्यहरुले पछ्याइरहेका छन्।

किम बोम सुको कुल सम्पति ९ अर्ब अमेरिकन डलरभन्दा बढि भएको बुझिएको छ। उनको काकाओ कम्पनीमा मात्र १ करोड २५ लाख कित्ता सेयर छ जसको अहिलेको मूल्याङ्कन करिब ६ अर्ब अमेरिकन डलरजति हुन आउँदछ। किमले यसअघि आफ्ना कम्पनीका कामदारहरुलाई पनि बोनस बाँढेका थिए।

“समाजमा भएका समस्याहरु समाधान गर्ने कुरामा म संग्लग्न हुनेछु। यस्ता समस्याहरुको समाधानमा लागेका सामाजिक अभियान तथा फाउण्डेसनहरुलाई म सहयोग गर्न तत्पर छु।” किमले भनेका छन्।

किम दक्षिण कोरियाकै आधा सम्पति दान गर्ने अभियानका दोश्रो ब्यक्ति हुन। यसअघि खाना डेलीभरी गर्ने कम्पनी ‘ओवा ब्रदर्स’ का किम बोङ जिनले पनि आफ्नो आधा सम्पति दान गर्ने घोषणा गरिसकेका छन्। यो पनि पढौ:

ओवा ब्रदर्सका फाउण्डरले ५०० मिलियन डलर दान गर्दै

कोरियाको प्रमुख खाना डेलिभरी गर्ने एप्स ‘फेदाल मिनजोक’ का सिइओ तथा फाउण्डर किम बोङ जिन आफ्नो सम्पत्तिकै आधा दान गर्ने दक्षिण कोरियाकै पहिलो ब्यक्ति भएका छन्। विश्वका धनीहरुले सुरुवात गरेको ‘गिभिङ प्लेज’ अभियानमा सहभागी हुने उनी पहिलो दक्षिण कोरियाली नागरीक भएका छन्।

‘गिभिङ प्लेज’ अभियानमा सहभागी हुनेको सम्पत्ति कम्तिमा पनि १ बिलियन डलर हुन आवश्यक छ। यस हिसाबले उनले कम्तिमा पनि ५०० मिलियन डलर दान दिनुपर्ने देखिन्छ।

यो अभियान विश्वभरिका एउटा धनी समाज सेवीहरुको अभियान हो जुन सन् २०१० को अगष्टबाट माइक्रोसफ्टका फाउण्डर बिल गेट्स र बर्कसायर हाथवेका प्रमुख वारेन बफेटले सुरुवात गरेका थिए। उनिहरुले आफूहरुले यहि समाजबाट सम्पती कमाएको हुनाले यहि समाजलाई नै योगदान गर्नुपर्दछ भन्ने मान्यताबाट यो अभियान सुरु गरेका थिए।

यस अभियानमा फेसबुकका फाउण्डर मार्क जुकरबर्ग, टेस्ला कम्पनीका सिइओ एलोन मस्क, स्टार वार्सका निर्माता जर्ज लुकास, ओराकलका सिइओ ल्यारी एलिसन तथा न्यु योर्कका मेयर माइकल ब्लुमबर्क रहेका छन्। यस अभियानमा सहभागी सबैजसो आफ्नै बुत्तामा धनी भएका मानिसहरु हुन्।

कोरियाका किमले भनेका छन् ‘म र मेरो श्रीमति हाम्रोआधाभन्दा बढि सम्पति यहि समाजमा दान गर्न तयार र खुशि छौं। यस कुरामा हाम्रा २ सन्तानहरु पनि राजि खुशी रहेका छन्।’

‘दश बर्षअघि जब म एउटा सानो कम्पनी चलाउथे जहा मात्र २० जना कामदारहरु थिए। म बिल गेट्स र वारेन बफेटका बारेमा किताब तथा आर्टिकलहरु पढ्दथें।  उनिहरुले समाजलाई दिएको दान तथा सहयोगको समाचार पढ्दै गर्दाा मैले पनि यहि गर्न सकूँ भन्ने लाग्दथ्यो। आज त्यस बेला देखेको सपना पूरा हुन लाग्दा एकदमै खुशी लागेको छ।’

प्रतिकृया दिनुहोस्