Tuesday, June 22

जापान सरकारले आइतबारबाट आप’तकाल फिर्ता लिँदै

March 17, 2021 257

टोकियो, मार्च १७, जापान सरकारले राजधानी टोकियो महानगर क्षेत्रमा लगाएको आप’तकाल आइतबारबाट अन्त्य गर्ने भएको छ। यो पटक भने आप’तकालको समय अबधि थप नगरिने भएको छ। यो कुराको जानकारी सरकारका सिनियर अफिसरले बुधबार दिएका हुन्।

तर जापान सरकारले आधिकारिक सूचना भने बिहिबारमात्रै दिने बताएको छ। बिहिबार को’रोना भाइरस रोकथाम प्यानलको बैठक बसेर यस बिषयमा थप छलफल गरी निर्णय गरेर आधिकारीक सूचना प्रकाशन गरिने बताइएको छ।

जापान सरकारले गत जनवरी ७ तारिखबाट राजधानी टोकियो, साइतामा र खानागावामा आप’तकाल लगाएको थियो। अहिले जापानमा कोरोना भाइ’रस टोकियो तथा अन्य क्षेत्रमा नघटेपनि पुरै देशमा भाइरसको स्थिती शान्त नै रहेको ठहर गर्दै यस्तो निर्णय लिन लागिएको बताइएको छ।

अहिले जापानका अस्पतालहरुमा कोरोना बिरामीको चाप कम हुँदै गएकाले हस्पिटलहरुको बि’रामी धान्न सक्ने क्षमता बढिरहेकोले महा’मारीको अवस्थामा केहि सुधार भएको बुझिएको छ। अस्पतालहरुको यहि बि’रामी धान्न सक्ने क्षमता बढेकाले नै अहिले आ’पतकाल हटाउने मुख्य कारण भएको बुझिएको छ। निप्पोनखबरमा आधारित रहेर लेखिएको।

प्रतिकृया दिनुहोस्