
खुल्यो कोरियन भाषा परीक्षा, कति छ कोटा? कहिले भर्ने फाराम? बुझौं
Posted in कोरिया खबर
कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ।
जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ। यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस कार्यालयले जनाएको छ।
यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ। यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो च