Saturday, May 21

इजरायल खबर

इजरायलमा श्रमिकहरुको हडतालका कारण उडानमा भयो ढिलाई

इजरायलमा श्रमिकहरुको हडतालका कारण उडानमा भयो ढिलाई

Posted in इजरायल खबर
इजरायलका रोजगारदाताले हालसम्म नेपालबाट एक हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन्। गोलाप्रथा माध्यमबाट अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये शनिबारसम्म एक हजार आठ श्रमिकसँग इजरायलका रोजगारदाताले रोजगार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। शनिबारसम्म एक हजार आठ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौताको नामावली आएको हो। इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा विभागले पछिल्लो समय आएका १९ नामावलीमध्ये युवा पक्षको सम्झौताको काम भइरहेको छ। अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये रोजगार सम्झौताका लागि शनिबारसम्म एक हजार आठ नामावली प्राप्त भइसकेको विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए। रोजगार सम्झौता प्राप्त भएर दोहोरो सम्झौता गरेका युवाको भिसा प्रक्रियाका लागि हाल अभिमुखीकरणको काम भइरहेको छ । विभागले इजरायलको रोजगारका लागि
इजरायलको विदेश मन्त्रालयका कर्मचारीको हडतालका कारण १ हजार नेपालीले इजरायल जान पाएनन

इजरायलको विदेश मन्त्रालयका कर्मचारीको हडतालका कारण १ हजार नेपालीले इजरायल जान पाएनन

Posted in इजरायल खबर
सम्पूर्ण प्रकृया पूरा गरी रोजगारीका लागि इजरायल जान ठिक्क परेका करिब १ हजार नेपाली त्यहाँको विदेश मन्त्रालयका कर्मचारीका कारण जान पाएका छैनन। इजरायलमा त्यहाँ रहेका बूढा पाकाहरुको हेरचाहका लागि केयर गिभर कामका लागि नेपाली कामदार इजरायल जाने गरेका छन। इजरायलको परराष्ट्र मन्त्रालयमा काम गर्ने कर्मचारीहरु अहिले आफूहरुको श्रम र सेवा सुविधाका विषयलाई लिएर आन्दोलनमा रहेका छन। उनिहरुले गत नोभेम्बर महिनाबाट नै आफूहरुको सेवा सुविधा बृध्दिका लागि भन्दै भद्र हडताल सुरु गरेका थिए। आफ्नो कामको अवस्था सुधारको माग राखेर उनिहरले गत १ बर्षदेखि यस्तै किसिमका विरोधका कार्यक्रमहरु गरिरहेका थिए। तर केहि समय अघि देखि यस मन्त्रालयमा गरिने खास खास कामहरु आफूहरु नगर्ने भन्दै हडताल गरिरहेका छन। इजरायलले सन २०२० मा नेपाल र जर्जियासँग कामदार भित्राउनका लागि दुइ पक्षिय सम्झौता गरेको थियो। पहिलो पटक यि दुई देशका क