
फेब्रुअरीको अन्तिमबाट जापानले विदेशीहरुलाई प्रवेस अनुमति दिने
Posted in जापान समाचार
जापानले विदेशीहरुका लागि लगाउँदै आएको प्रवेश प्रतिबन्धलाई विस्तारै खुलाउने संकेत गरेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदाले शनिवार सरकारको अहिले लागू गरिरहेको कडा प्रतिवन्धलाई खुकुलो पार्ने योजना रहेको बताएका छन। जापानका स्थानिय संचार माध्यमहरुले यस सम्बन्धि सरकारको घोषणा अर्को हप्ताको सुरुवाततिर आउने बताइरहेका छन।
"हामीले विश्वभर फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा बैज्ञानिक ज्ञानहरु लिएर यस बारेमा सोच बिचार गर्नुका साथै अहिले देशभित्र तथा देशबाहिरको संक्रमणको स्थितीलाई अध्यन गरि अन्य देशहरुले लागू गरेका इमिग्रेशन नियमहरुलाई समेत मध्यनजर गर्दै नयाँ निर्णय गर्न लागेका छौं।" टोकियोको हानेदा विमानस्थल भ्रमणका क्रममा प्रधानमन्त्री किसिदाले संचारकर्मिहरुलाई बताए।
किसिदाको यो भनाई जापानको दैनिक आर्थिक पत्रिका निक्केइले जापानले प्रवेश प्रतिबन्धमा गरिरहेको कडाईलाई खुकुलो पा