
अनलाईनबाट कुर्सी मगाउँदा कोरियामा डेलिभरी भयो ग्राहकलाई मरेका ३ वटा मूसा
Posted in रोचक
दक्षिण कोरियामा एउटा अनौठो र रोचक घटना घटेको छ। यहाँको एक प्रख्यात फर्निचर कम्पनीबाट ग्राहकले अनलाईनमार्फत कुर्सी मगाउँदा कुर्सि सँगै ४ वटा मरेका मूसा पनि डेलिभर भएको छ। आफूले मगाएको कुर्सीको बक्स खोलेर हेर्दा भित्र मूसा देखेपछि ग्राहक अचम्ममा परेका छन।
कोरियाको एक स्थानिय विश्वविध्यालयका प्रोफेसर समेत रहेका ग्राहकले जब आफूले मगाएको कुर्सीको बक्सा खोले तब त्यसभित्र ३ वटा मूसा देखेर छक्क परे। अनलाईनबाट उनले मगाएको कुर्सी मार्च २ तारिख उनको घरमा डेलिभर भएको थियो। एउटा मूसा कार्टुन बक्सको बिच भागमा तथा अन्य २ भने छेउतिर रहेका थिए।
उनले यस घटनाका बारेम कुर्सी बेच्ने कम्पनीलाई सम्पर्क गरी बुझ्दा कम्पनीले आफूहरुले कुर्शी कोरियामा नै नबनाई चीनबाट आयात गरेर बेच्ने गरेको र उक्त कुर्सीहरु गत जनवरी २० तारिख कोरिया ल्याइएको बताएको छ। चीनबाट आएका कुर्सीहरु आफ्नो गोदाममा राख्ने गरेको र कुर्सी प्या