
सन २०२२ को विश्वकप फुटबलमा दक्षिण कोरिया छनौट हुन सफल
Posted in खेलकुद
दक्षिण कोरियाले सन २०२२ मा हुने फिफा विश्वकप फुटबलमा आफ्नो स्थान सुरक्षित बनाएको छ। जारी क्वालीफिकेशन फेजको खेलमा पछिल्लो जितसँगै दक्षिण कोरियाले सन २०२२ को विश्वकप फुटबल खेल्ने पक्का भएको हो। २-० गोल अन्तरले सरियामाथि बिजय हासिल गरेसँगै कोरियाको विश्वकप यात्रा तय भएको हो।
फिफा विश्वपकपका लागि एशियन क्वालिफाइङ राउण्डको ग्रुप ए को मंगलबार भएको खेलमा दक्षिण कोरियाले सिरियामाथि सहज जित निकालेको थियो। दुबइमा भएको उक्त खेलमा कोरियाका किम जिन सु र खोन चाङ हुनले एक एक गोल गरेका थिए। युध्दग्रस्त सिरियाले आफ्नो देशमा क्वालिफायर खेल सन्चालन गर्न नसकेपछि खेल न्युट्रल भेन्यु दुबइमा संचालन भएको थियो।
सिरियासँगको जितसँगै ग्रुप ए बाट छनौट हुने २ देशहरुमा कोरिया पर्ने पक्का भएको हो। क्वालिफायरको फाइनल राउण्डमा २ वटा ग्रुपहरु रहेका छन जसमा ६-६ वटा देशहरु रहेका छन। दुबै ग्रुपबाट टप २ देश कतारमा हुने फ