कुमारी बैंकको १ करोड ३५ लाख कित्ता बोनस शेयर सूचिकृत
नेपाल स्टक एक्सचेन्जमा आज कुमारी बैंक लिमिटेडको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस शेयर सूचिकृत भएको छ।
कुमारी बैंकले गत आर्थिक बर्ष अर्थात ०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वाँडेको १०.८५ प्रतिशत बोनस सेयर आज सूचिकृत गराएको हो।
बैंकको २० औं साधारणसभाले पास गराएको यो बोनस लाभांस वितरण गर्न तोकिएको बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले यो बोनस पाउनेछन्।
बैंकले गत मंसिर १५ गते बुक क्लोज गरेको थियो। यस अनुसार मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र यो बोनस पाउनेछन्। बैंकको २० औं साधारणसभा मंसिर २९ गते सोमबार सम्पन्न भएको थियो। साधारणसभाबाट यो बोनस पारित भएसँगै कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड पुगेको छ।