
प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा गरेको छ। आर्थिक बर्ष ०७६/७७ का लगि इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
पौष २७ गते बसेको कम्पनीको २९० औं बैठकले उक्त निर्णय गरेको हो। हरेक बर्ष बोनस सेयरका साथमा नगद लाभांश दिँदै आएको यो कम्पनीले यसपटक भने नगद मात्र दिन लागेको छ। आर्थिक बर्ष ०७५/७६ मा ८४ प्रतिशत बोनस बाँडेको यस कम्पनीको हालको मूल्य रु १०९० रहेको छ।